२५ साउन, काठमाडौँ । गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
Advertisement
गीतमा योगेश काजी शाहको संगीत र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको छ । गीतको भिडियो पीआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।
प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवं कलर छ ।
Advertisement
गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काएका छन् ।
टिप्पणीहरू