२३ साउन, बाँके । काठमाडौँबाट बैतडीका लागि उडेको हेलिकप्टर मौसम खराबका कारण बाँकेमा आकस्मिक अवरतण गरेको छ ।
राप्तीसोनारी गाँउपालिका वडा नं. १ भम्कामा अन्नपूर्ण एयरको नाइन एन-एनयु हेलिकप्टर आकस्मिक अवतरण गरेको हो ।
Advertisement
हेलिकप्टर अपराह्न ४ बजेर ४० मिनेटमा खेतमा आकस्मिक अवतरण गरेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गणले जनाएको छ ।
नेपालगञ्जमा तेल भरेर बैतडी जान काठमाडौँबाट उडेको उक्त हेलिकोप्टर नेपालगञ्जमा नपुग्दै खराब मौसमका कारण आकस्मिक अवतरण गरेको बुझिएको छ ।
Advertisement
हेलिकप्टर कुसुम स्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको प्रहरीले जनाएको हो ।
हेलिकप्टरमा भारतीय नागरिक सवार थिए । पाइलट सहित उनीहरु सबै सुरक्षित रहेका छन । प्रहरी अनुसार मौसम सफा भएपछि हेलिकप्टरलाई गन्तव्य तर्फ पठाइने छ ।

















टिप्पणीहरू