Close sidebar
  • ताजा
  • लोकप्रिय
  • स्वास्थ्यले साथ दिए सम्म पार्टीको बैठक सरकारी निवासमा राख्दिनः केपी ओली

    १७ साउन, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ दिए सम्म पार्टीको बैठक सरकारी निवासमा नराख्ने बताएका छन् ।

    बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत् उनले यस्तो बताएका हुन ।

    Advertisement

    फेसबुक पोस्टमा उनले भनेका छन्, ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनुभएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।’https://www.facebook.com/share/p/6XKpbyaqSQ6mb6Cj/

    एमालेको सचिवालय बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री ओलीले पार्टी कार्यालय मनोहरा खोलामा आएको बाढीले डुबानमा परेकाले बैठक अन्यत्र बस्न लागेको समेत जानकारी गराएका छन् ।

    Advertisement

    उनले थप स्पष्टका साथ भनेका छन्, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »