Close sidebar
  • ताजा
  • लोकप्रिय
  • यी स्थानमा आज ठूलो वर्षा हुने

    १८ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतयादेखि पूणर्तया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

    महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    Advertisement

    आज दिउँसो देशभर साधारणतयादेखि पूणर्तया बदली रहने छ । देशभरका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    Advertisement

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै ठूलो वर्षाको पनि सम्भावना रहेको छ ।

    आज राती देशभर साधारणतयादेखि पूणर्तया बदली रहने छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको बुलेटिनमा छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »