Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नरेन्द्र मोदी लगातार तेस्रो पटक बने भारतको प्रधानमन्त्री

    ANI

    २७ जेठ, काठमाडौँ । नरेन्द्र मोदी लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । उनले आज नयाँ दिल्लीमा आयोजित समारोहमा गोपनीयताको शपथ ग्रहण गरेका छन ।

    राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन ।

    Advertisement

    नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१९ मा भाजपाको पूणर्बहुमत सहित प्रधानमन्त्री बने । तर यस पटक भाजपाले बहुमत ल्याउन नसक्दा उनी एनडीए गठबन्धनको प्रधानमन्त्री भएका छन् ।

    नरेन्द्र मोदीको अगुवाईमा एनडीए गठबन्धनले भारतका ५ सय ४३ लोकसभा सीटमा २९३ वटा जितेको छ । भाजपाले २४० मात्रै सिट जितेर बहुमत ल्याउन असफल भएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »