Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा ‘दान्भी’को होर्डिङ बोर्ड सार्वजनिक

    २७ जेठ, काठमाडौँ । नेपाली चलचित्र ‘दान्भी’को प्रचारप्रसार तीब्र पारिएको छ । नेपालगञ्जका स्थानीय कलाकारहरुको भूमिका रहेको दान्भीको व्यानर सार्वजनिक गरिएको छ ।

    स्थानीय कलाकार दीपक थापा (काजी) र सतनारायण चौधरीको भूमिकामा रहेको चलचित्र दानवीको व्यानर शनिवार एक कार्यक्रम बीच नेपालगञ्जमा मिस नेपाल प्रिय रानी लामाले लञ्च गरेकी हुन ।

    Advertisement

    २५/२० को होर्डिङ बोर्ड भएको उक्त व्यानर बासको टेकाले वालमा झुण्ड्याउनु परेको स्थानीय कलाकार दीपक थापाले नाईल खबरलाई जानकारी गराए ।

    ‘दान्भी’ आगामी असार ७ गते सिनिमा घरहरुमा प्रदर्शन हुने भएको छ । यसअघि आगामी असार १० गते प्रदर्शन गर्ने फिल्म निर्माता टिमको तयारी रहेको भएपनि नयाँ पोस्टर सार्वजनिक गर्दै असार ७ गते प्रदर्शन हुने घोषणा गरेको छ ।

    Advertisement

    प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघसँगको छलफलपछि निर्माताले फिल्म असार ७ गते प्रदर्शन गर्ने निणर्य गरेको हो ।

    फिल्मको प्रदर्शन मिति सरेपछि अभिनेत्री पूजा शर्माले फेसबुकमा लेखेकी छन्, ‘एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निणर्य गरेका छौं ।’

    Advertisement

    उनले असार १० गते रिलिज हुन लागेका दुई फिल्मलाई सफलताको शुभकामना समेत दिएकी छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »