१४ जेठ, बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा रिर्पोटिङ क्रममा पुगेका दुई पत्रकार माथि अभद्र व्यवहार भएको छ । शिक्षा सम्बन्धि समाचार संकलन गर्न नरैनापुर पुगेका सत्यम खबर डटकमका सञ्चालक चन्द्रेश्वर राज त्रिपाठी र खबरगञ्ज डट कम अनलाईनका खगेन्द्र दाहाल माथि दुर्ब्यहार भएको हो ।
नरैनापुर गाँउपालिका वडा नं. ४ मा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय खोदावामा शिक्षक भर्ना क्रममा बिद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको भन्दै अभिभावक, शिक्षाप्रेमीहरुले शिक्षा शाखामा तालाबन्दी गरेका थिए ।
Advertisement
सोही विषयमा समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरु माथि शिक्षा शाखाका बिद्यालय निरीक्षक कृष्णकुमार थारुले बोलाएको व्यक्तिहरुले दुबै जनालाई गाली गलौज गर्दै सञ्चार सामग्री समेत तोडफोड गरेका पीडितले जानकारी गराए ।
पीडित पत्रकार त्रिपाठीका अनुसार बिद्यालय निरीक्षक थारुले बोलाएका आधा दर्जनको संख्यामा आएका ब्यक्तिहरुले उनको मोबाईल समेत फुटालिदिएको बताए ।
Advertisement
समाचार संकलनमा रोक लगाउँदै गाली गालौज सहित दुब्र्यहार गर्ने नरैनापुर वडा नं. ५ मा रहेका नेपाल राष्ट्रिय आधारभुत बिद्यालय जमुनहाका प्रधानाध्यापक सज्जाक खानका छोरा हसिब खाँ, भतिजाहरु जुनेद खाँ, वसिम खाँ र नसिम खाँ लगायत रहेका त्रिपाठीले नाईलखबरकर्मीलाई जानकारी गराए ।
जस पश्चात त्रिपाठीले ईलाका प्रहरी कार्यालय भगवानमा जाहेर दर्ता गर्न समेत पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न भन्दा सहमति गराउने पक्षमा बढी चासो देखाएको पीडितले बताए ।
Advertisement
यता ईलाका प्रहरी कार्यालय भगवानका ईन्सपेक्टर उपेन्द्र मगरले यो गाँउपालिका संग सम्बन्धित रहेको विषय रहेको बताएका छन ।
उनले नाईल खबर संग भने, ‘यो गाँउपालिकालाई नै थाहा होला ! हाम्रो काम सुरक्षा व्यवस्था गर्ने हो ।’
Advertisement
उनले जाहेरी आउने वित्तिकै दर्ता गरिहाल्ने विषय पनि नरहेको हुनले पहिला यथार्थ बुझ्नुपर्ने बताए । उनले भने, ‘जाहेरी दताए गरिहाल्दैमा सबै समस्याको समाधान पनि हुदैँन नी ! त्यही भएर मैले प्रशासकीय अधिकृत ज्यू संगपनि समन्वय गरेको थिए । अब मिटिङ बसेर सम्बन्धित पक्षहरुलाई बोलाएर वास्तविकता के हो ? र उहाँहरुको माग के हो ? सम्बोधन गर्छु भन्नुभएको छ ।’
टिप्पणीहरू