१३ जेठ, सुनसरी । ट्राफिक ब्यबस्थापनको सहजताका लागि ईटहरीमा रहेको अटो सिटि बजाज सोरुमका संचालक प्रदिप कुमार सन्थालियाले ट्राफिक प्रहरीलाई ४ थान बिद्युतिय टेम्पो प्रदान गरेका छन ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी परिसरमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा व्यबसायी एवं समाजसेवी सन्थालियाले चार थान बिद्युतिय टेम्पो प्रमुख अतिथि खापुङलाई प्रदान गरेका हुन ।
Advertisement
सोही कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले उक्त बिद्युतिय टेम्पो ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि खापुङले सन्थालियालाई आभार व्यक्त गर्दै उक्त बिद्युतिय सवारी साधनले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन कार्यमा सहजता पुग्नुका साथै उक्त सवारी साधनको प्रयोग गरी सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतनामुलक कार्यक्रमहरु संचालन गरिने बताए ।
Advertisement
कार्यक्रममा समाजसेवी सन्थालियाले सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरीको काम कारवाहीमा सहजता तथा सवारी दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु नपरोस भनि प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि बिद्युतिय टेम्पो आफुले प्रदान गरेको बताए ।
उक्त कार्यक्रममा कोशी प्रदेशका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, सुनसरी जिल्लाका प्रहरी प्रमुख बिपिन रेग्मी लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू