Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एसियाली राजमार्ग निर्माण नेपालको पूर्वाधार विकासमा नयाँ आयामः अध्यक्ष ओली

    १० जेठ, झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसियाली राजमार्गको निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ आयाम थपिने बताएका छन ।

    झापाको कमल गाउँपालिका-५ स्थित पाडाजुँगी चोकमा सडक विभागले आयोजना गरेको एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा-लौकही सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गर्दै अध्यक्ष ओलीले सो राजमार्ग निर्माणपछि आर्थिक विकासको नयाँ अवसर सिर्जना हुने बताए ।

    Advertisement

    एसियाली राजमार्गलाई नेपालले सदुपयोग गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले यसबाट रोजगारीका अवसर स्वतः सिर्जना हुनुका साथै धेरै अवसर आउने विश्वास गर्दै सदुपयोग गर्न आग्रह गरे ।

    सडक निर्माण विकासका लागि पूर्वाधार भएको र अब चार लेनका चिल्ला र ठूला राजमार्ग नेपालमै देख्न पाइने अध्यक्ष ओलीले बताए ।

    Advertisement

    उनले सडकको सदुपयोग गरेर उत्पादन र उत्पादकत्वमा बृद्धि, उद्यमशिलताको विकास र आधुनिकीकरणमा ध्यान दिनुपर्ने बताए ।

    अध्यक्ष ओलीले भने, ‘हामीले बनाएका चौडा बाटा, विद्युत, सञ्चार सुविधा र अन्य कनेक्टिभिटीको विकासका लागि प्रयोग गर्नुपर्छ ।’

    Advertisement

    नेपालमा अलि गत्तिला बाटा बनायो भने किन बनाइयो भनेर विरोध गर्ने गरिएको बताउँदै अध्यक्ष ओलीले भने, ‘कतिपय मानिसले नबुझ्न सक्छन्, विदेशमा गएर अरुका विकास र बाटा हेर्‍यो अनि आहा यस्तो हुन्छ भन्ने, आफ्ना देशमा बनायो भने खिल्ली मजाक उडाउने, अरुका देशमा अग्ला घरको टुप्पो हेरेर बाटोमा टोपी छोडेर आउने अनि आफ्नो देशमा अलि गत्तिलो घर बनायो भने विरोध गर्ने, यो खालको तरिका हामी नेपालीहरुको छ ।’

    एसियाली राजमार्ग स्ट्याण्डर हाइवेको रूपमा विकास हुनु सबैका लागि खुशीको कुरा भएको अध्यक्ष ओलीले बताए ।

    Advertisement

    आफू नेतृत्वको सरकारले विकास र समृद्धिका लागि धेरै काम गरेको स्मरण गराउँदै वर्तमान सरकारले विकासका कामलाई तिब्रतासाथ अगाडि बढाउने विश्वास व्यक्त गरे ।

    एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको बनाइने छ । यस राजमार्गले एसिया महादेशका ३२ मुलुकलाई स्थलमार्गले जोड्ने छ । नेपालको पूर्वमा काँकडभिट्टा, पश्चिममा वनबासा, उत्तरमा तातोपानी र दक्षिणमा वीरगञ्जबाट उक्त राजमार्ग नेपाल भित्रिने बताइएको छ ।

    अध्यक्ष ओलीले झापाको शिवसताक्षी नगरपालिकाको मदरगाछ खण्डको कन्काई पुलको शिलान्यास गरेका छन ।

    शिलान्यास कार्यक्रममा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ पनि सहभागी थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »