१० जेठ, काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने (दरपीठ) आदेश खारेज गरेको हो ।
Advertisement
अदालतको आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन आउँदो आइतवार दर्ता हुने भएको छ । अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधता माथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए ।
महान्यायाधिवक्ता कार्यालयले वैशाख २४ गते गृहमन्त्री लामिछानेको सहकारी ठगी सम्बन्धमा कुनै पनि कार्यालयमा अनुसन्धान, अभियोजन र अनुसन्धान नभएको भनी पत्र दिएको थियो ।
टिप्पणीहरू