Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संसदमा काँग्रेसको प्रस्तुति गुण्डागर्दी शैलीमाः महासचिव पोखरेल

    ५ जेठ, बाँके । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस सत्ता प्राप्तिका लागि अनेकन हथकण्डा अपनाउने गरेको बताएका छन ।

    नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनको शुक्राबार नेपालगञ्जमा उदघाटन गर्दै महासचिव पोखरेलले कांग्रेसले सत्ता बिना तीन महिना पनि धैर्य गर्न नसकेको बताए ।

    Advertisement

    सत्ता विनाको काँग्रेसका बारेमा सोच्न पनि नसकिने अवस्था आएको बताउँदै आफू सत्तामा टाँसिनको लागि अनेकन स्टण्ट र हथकण्डा अपनाएको उनको भनाइ छ ।

    महासचिव पोखरेलले कांग्रेसले सत्ता बाहिर बस्ने कल्पना समेत गर्न नसक्ने र सत्ता समीकरण परिवर्तन भएपछि कांग्रेसमा देखापरेको छटपटाहट सत्ताका लागि भएको स्पष्ट पारे ।

    Advertisement

    नेकपा (एमाले) सरकार र सत्ता नभएपछि छटपटाउने पार्टी नभएको र आलोपालो सरकारभन्दा पनि राजनीतिक स्थायित्वको पक्षमा रहेको स्पष्ट पार्दै महासचिव पोखरेलले अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको बताए ।

    जनताले रोजेको पार्टी एमाले हो भन्ने कुराको पुष्टि उपनिर्वाचनबाट भएको उनले विश्वास व्यक्त गरे । महासचिव पोखरेलले संसदमा काँग्रेसको प्रस्तुति गुण्डागर्दीको शैलीमा भएको बताएका छन ।

    Advertisement

    नेकपा (एमाले) बाँके जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा पार्टीका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, पोलिटव्यूरो सदस्य तथा बाँके इन्चार्ज खेममान खड्का लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »