२ जेठ, बाँके । बाँकेमा लागूआौषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अभियानको शुभारम्भ गर्दै लागूऔषध ओसारपसारको संगठित जालोलाई तोडी कानूनी कारबाहीलाई तीब्रता दिने, लागूऔषध दुर्व्यसन पिडितलाई समाजमा पुनर्स्थापना गर्ने, लागूऔषध विरुद्ध सरोकारवाला निकायहरु बीच सहकार्य गरी अगाडी बढ्ने उद्देश्यका साथ अभियान थालिएको हो ।
समुदाय प्रहरी साझेदारीलाई प्रबर्दन गरी सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी गराए ।
Advertisement
उक्त अभियान संचालन गर्न नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग र सहकार्य रहने गरी आज नगर र जिल्ला प्रहरी कार्यालय बाँके बीच सम्झौता पत्रमा हस्ताक्षर भएको प्रवक्ता डाँगीले बताए । यो सम्झौताको अवधी आज देखी असार १५ गते सम्म रहने छ ।
दुवै पक्षबीच भएको सम्झौता अनुसार लागूऔषध ओसारपसारको संगठित जालोलाई तोडी कानूनी कारबाहीलाई तीब्रता दिने, फार्मेसी तथा औषधी पसलहरुको अनुगमन तथा कारबाही गरिनेछ ।
Advertisement
यस्तै, दुर्ब्यसनी जोखिम स्थान र व्यक्तिहरुको पहिचान/अभिलेख अपडेट गर्ने, लापासे चेकजाँच किटको व्यस्थापन गरी प्रभावकारी चेकजांचको ब्यबस्था मिलाउने, सीमानाका तथा शंकित स्थानहरुमा डग स्निफिङ गराउने, दुर्ब्यसनीलाई पहिचान गरी जिल्ला प्रहरी कार्यालयमा एक दिने मनोपरापर्श कार्यक्रम संचालन समेत गर्ने गरी सम्झौता भएको हो ।
यस्तै, लागुऔषध दुर्व्यसन विरुद्ध बिद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता संचालन गर्ने, सुधार गृहसंग समन्वय गरी मैत्रीपुणर् फुटसल प्रतियोगिता संचालन गर्ने, रडियो जिंगलहरु तयार गरी प्रसारण गर्ने, होडिङ बोर्ड निर्माण गरी जडान समेत गरिनेछ ।
Advertisement
लागूऔषध दुर्ब्यसन विरुद्ध सडक नाटक आयोजना गर्ने, रोकारवाला निकायहरु वीच काउन्टरपार्ट समन्वय कार्यक्रम संचालन गर्ने, अवधी समाप्त भए पश्चात अभियानको समिक्षा तथा प्रतिवेदन निर्माण गर्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
टिप्पणीहरू