२ जेठ, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा गरेको छ ।
क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम क्रिकेटर सन्दीप माथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै जनाएका छन ।
Advertisement
पाटन उच्च अदालतले बुधबार मात्रै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । अदालतको फैसला लगत्तै क्यानका सचिव पारस खड्काले निलम्बन फुकुवाका लागि बोर्डमा छलफल थालिएको थियो ।
निलम्बन फुकुवा पछि अब सन्दीपको टी-२० विश्वकप खेल्ने ढोका खुलेको छ । क्यानले अदालतको फैसलाअनुसार निणर्य लिएको हो ।
विश्वकपका लागि यसअघि नै नेपालले टोली घोषणा गरे पनि मुनासिव कारण खुलाएर टोलीको सदस्य हेरफेर गर्न पाउँछ । त्यसका लागि आईसीसीले समय पनि दिएको छ ।
Advertisement
आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर टोलीमा हेरफेर गर्न मे २४ सम्मको समय दिएको छ । त्यसो भए अब टोली हेरफेरका लागि नेपाल सँग ९ दिन समय छ ।
टिप्पणीहरू