Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रुसी रक्षामन्त्री शोइगुलाई सरुवा गर्ने तयारी

    BBC

    ३१ बैशाख, काठमाडौँ । रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई रक्षा मन्त्रीबाट अन्यत्र लग्न लागिएको क्रेमलिनले घोषणा गरेको छ । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लामो समय देखिका सहयोगी रहँदै आएका छन ।

    हाल ६८ वर्षका शोइगु सन २०१२ देखि रक्षामन्त्री छन । उनलाई अब रुसको सुरक्षा परिषद्को प्रमुख बनाउन लागिएको बीबीसीले उल्लेख गरेको छ ।

    Advertisement

    रुसको संसद्को माथिल्लो सदनबाट प्रकाशित विवरणहरूमा शोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रे बेलोउसुफलाई रक्षामन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

    शोइगुले युक्रेनमा रुसले सुरु गरेको युद्धमा महत्त्वपूणर् भूमिका निर्वाह गरेका थिए । रुसी सरकारका मुखपत्रहरूले राष्ट्रपति पुटिनले शक्तिशाली सुरक्षा परिषद्को प्रमुखबाट निकोलाई पात्रुशेभलाई हटाएर शोइगुलाई नियुक्त गर्न लागिएको जनाएका छन ।

    Advertisement

    तर पात्रुशेभको नयाँ भूमिका के हुन्छ ? भन्नेबारे प्रस्ट छैन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »