Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आजको राशिफल : बैशाख २८ गते शुक्रबार २०८१

    काठमाडौं । आज २०८१ साल बैशाख २८ गते शुक्रवार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

    मेष : मनमा उत्साह बढ्नेछ। आम्दानी हुने दिन छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर रहनेछ।

    Advertisement

    वृष : समाजले साथ दिने योग छ। धन जोगाउन कठिन हुनसक्छ। शक्तिशाली ग्रह खराब स्थानमा रहेकाले खर्च बढ्ने देखिन्छ। परिवारको साथ मिल्नेछ। जुनसुकै काम गर्नु अगाडि परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ।

    मिथुन : निर्णय क्षमता कमजोर हुँदा काममा अलमल हुने देखिन्छ। लगानी र श्रम गर्न हिम्मत गरे अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारबाट सकारात्मक सहयोग प्राप्त हुनेछ।

    Advertisement

    कर्कट : हरेक क्षेत्र विवादित रहेकाले व्यवहार गर्नुअघि सचेत हुनुपर्ने देखिन्छ। झुटा आरोप लाग्ने जोखिम देखिन्छ। यसले गर्दा तनाव बढ्नसक्छ। अढैया शनिदेवका कारण मन शान्त नहुने हुन्छ। पिपलको दर्शन मात्र गरेमा धेरै समस्याको समाधान हुनेछ।

    सिंह : संघर्ष गरेर सफलता प्राप्त गर्ने दिन हो। शिक्षाको क्षेत्रमा मेहनत आवश्यक छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब हुनेछ। श्रमको उचित मूल्यंकन हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    Advertisement

    कन्या : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। काममा जाँगर बढ्ने देखिन्छ। स्वास्थ्य क्षेत्रमा लगानी गरेको भए सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पूर्वको लामो यात्रामा नगर्नु राम्रो हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ।

    तुला : वादविवाद वा तर्क गर्नुपर्ने ठाउँमा तपाईं सफल बन्नुहुनेछ। सम्पत्ति गुम्ने जोखिम भएकाले निजी कारोबार नगर्नु राम्रो हुन्छ। परिवारसँग मिलेर गरेको लगानीबाट भने उन्नति हुनेछ।

    Advertisement

    वृश्चिक : दिन रमाइलो छ। नयाँ साथी र नयाँ ठाउँको भ्रमणले मन खुशी हुनेछ। खुट्टा तान्ने साथीहरु शान्त रहनेछन्। लगानीको क्षेत्रबाट लाभ प्राप्त हुनेछ। परिवारसँग सल्लाह गरेर काम गर्नु राम्रो हुनेछ।

    धनु : शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने देखिन्छ। वैदेशिक क्षेत्रको लगानी खराब व्यक्तिको हातमा पुग्ने जोखिम हुनसक्छ। आर्थिक कारोबार गर्दा सचेत हुनु राम्रो हुन्छ। सामाजिक क्षेत्र र परिवारबाट सहयोग पुग्नेछ।

    मकर : सोचेका काममा अवरोध हुनसक्छ। झुटा आरोपको सामना गर्नुका साथै विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। दिउँसो प्राप्त भएको राम्रो सन्देशले मन खुशी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

    कुम्भ : आफन्तले नै तपाईंको विरोध गर्ने दिन छ। लगानी गर्नुअघि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ। अपरिचित मानिसको साथ र सहयोग प्राप्त हुनसक्छ।

    मीन : आफ्नो क्षमता बुझेर काम गर्नु राम्रो हुन्छ। अचानक रिस उठ्दा आइपरेको समस्याको समाधान आफैंले गर्नुपर्ने हुनसक्छ। शनिको प्रभावले देखिएको रिस र उदासपनलाई रोक्न आफैं सक्रिय हुनुपर्नेछ। अरुको प्रभावमा नपरी गरेको काम सफल बन्नेछ। परिवारको सहयोग आवश्यक देखिन्छ।

    राशिफले जे जस्तो फल बताए पनि हजुरहरुको कार्य सफलताको कामना, अस्वस्थ हुनुन्छ, भने स्वास्थ लाभको कामना, यात्रामा हुनुन्छ भने मङ्गलयात्राको कामना, जन्मदिन परेको छ भने जन्मदिनको शुभकामना ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »