Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मन्त्रिपरिषद् बैठकः उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा

    २७ बैशाख, काठमाडौँ । सरकारले प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले दुवैलाई एआईजीमा बढुवा गरी पदस्थापन गर्ने निणर्य गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराइन ।

    Advertisement

    ढकाल अहिले प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर केन्द्रीय प्रहरी प्रवक्ता र जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »