Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दुई देशका सुरक्षाकर्मीको सहकार्यमा दशगजामा सरसफाई

    २७ बैशाख, नवलपरासी । नेपाल भारत सिमाको दशगजा क्षेत्रमा नेपाली तथा भारतीय सुरक्षाकर्मीहरुले संयुक्त रुपमा सरसफाई गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्या. नवलपरासीको अगुवाईमा सरसफाई गरिएको थियो ।

    पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पर्ने नेपाल-भारत सिमा दशगजा क्षेत्रमा सरसफाई गरिएको नवलपरासी २६ न. गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक प्रकाश बाग्लेले जानकारी दिएका दिए ।

    Advertisement

    उनका अनुसार दशगजामा बोट बिरूवा उम्रीएर एक ठाउँबाट अर्को ठाँउको भुभाग नदेखिएकाले सफाइ अभियान गरिएको हो साथै यो अभियान नियमित प्रक्रिया भएको जानकारी दिए ।

    दशगजामा भएको संयुक्त सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल भुजहवा बि.ओ.पी. का सशस्त्र प्रहरी निरीक्षक बिजय डाङ्गी, भारतीय एस.एस.बि. झुल्नीपुर बि.ओ.पि. का सब इन्सपेक्टर अमिताभ साहको नेतृत्वमा रहेका सुरक्षाकर्मीहरुले सरसफाई गरेका थिए ।

    Advertisement

    संयुक्त सरसफाई गर्दा दशगजामा गाई, भैसी, बाख्रा बाध्ने र सोका लागि गाडिएको किला हटाउँदै, दशगजामा राखेका पराल, दाउरा सम्बन्धि ब्यक्तिलाई हटाउने साथै सिमा क्षेत्रलाई सफा राख्ने उद्देश्यले उक्त कार्य गरिएको बुझिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »