२७ बैशाख, बाँके । बाँकेको जानकी गाँउपालिका स्थित प्रिप्रहवाबाट लागुऔषध सहित कोहलपुर निवासी पक्राउ परेका छन ।
जानकी गाउँपालिका–६ प्रिप्रहवा रिहारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११४.२६० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान बाँके प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–१२ बस्ने २७ वर्षीय प्रमोद कार्की र २६ वर्षीय सुशिल परियार रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी नारायण डाँगीले जानकारी दिए ।
उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा सुशिल परियार भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा उनी सामान्य घाइते भएका थिए ।
Advertisement
घाइते भएका सुशिललाई तत्काल उपचारको लागि भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा उपचार पश्चात डिस्चार्ज भएका छन । उनीहरूले प्रयोग गरेको भे.५ प ३१३५ नम्बर र भे.६ प ६२०६ नम्बरको २ थान स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
टिप्पणीहरू