Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

    १९ बैशाख, काठमाडौँ । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित तीन जना सफाई पाएका छन । विशेष अदालतले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापा सहित तीन जनालाई सफाइ दिएको हो ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई सफाई दिएको हो । कोषका सदस्यसचिव डा. थापा, कोषको तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र कोषको स्टोर किपर अरुणकुमार श्रेष्ठलाई विषेश अदालतले मंगलबार सफाइ हुने ठहर गरेको हो ।

    Advertisement

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गएको असोज १४ गते तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेकोे थियो ।

    अख्तियारले जलहरी राख्ने क्रममा झण्डै डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »