९ बैशाख, बाँके । गौबद्ध मुद्दामा बाँकेका फरार प्रतिवादी पक्राउ परेका छन ।
बाँके जिल्ला अदालतको २०७९ चैत्र २ गतेको फैसलाले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ थुकैलाका ४४ वर्षीय सलाउद्धिन जोलाहलाई गौबद्ध मुद्दामा ५ महिना ८ दिन कैद तोकिएको थियो ।
Advertisement
तर सलाउद्धिन जोलाह भने हाल सम्म फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सूचना अधिकारी एवं डिएसपी नारायण डाँगीले जानकारी दिए ।
उनलाई शनिवार प्रहरीले पक्राउ गरेर सम्मानित जिल्ला अदालत बाँकेमा बुझाएको प्रवक्ता डाँगीले बताए ।
टिप्पणीहरू