Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पत्रकारिता संगै व्यवसायमा ‘शन्ध्या शर्मा’, किभा व्युटी पार्लरको उद्धाटन

    २८ चैत्र, बाँके । पत्रकारितामा आवद्ध सञ्चारकर्मी संगिता पाठक (सन्ध्या शर्मा) ले किभा व्युटी पार्लर सञ्चालनमा ल्याएकी छन ।

    बुधबार बिहान ८ः१५ बजेको समयलाई शुभसाइत पारेर किभा व्युटी पार्लरको उद्धाटन गरिएको छ । चैते दशै अर्थात चैत्र महिनाको नवरात्रीलाई मध्येनजर गर्दै कन्या (आद्या मिश्र) बाट उक्त पार्लर उद्धाटन गरिएको हो ।

    Advertisement

    वर्तमान अवस्थालाई मध्यनजर गर्दै व्यवसायी तर्फ समेत आफ्नो पाईला बढाएकी हुन । बुधबार विभिन्न पत्रकार, समाजसेवी, लगायतको उपस्थितिमा रिवन काटेर पार्लर उद्धाटन गरिएको हो ।

    आफु भित्र रहेको सिपलाई सदुपयोग गर्दै पायक पर्ने व्यवसायी क्षेत्रमा आफ्नो पाईला अगाडि सारेको पत्रकार सन्ध्या शर्माले जानकारी गराइन ।

    Advertisement

    पत्रकार शर्माले सञ्चारकर्मी समक्ष भनिन्, ‘लेख्ने बाहेक म संग पार्लर सम्बन्धि समेत सिप रहेको हुनले मैले मलाई पायक पर्ने व्यवसाय रोजेको हो ।’

    उनले थप भनिन्, ‘म कलमकै माध्यमबाट यहाँ सम्म आईपुगेकी छु । त्यस कारण पत्रकारिता छोड्नु असम्भव छ । दुवै क्षेत्रलाई संतुलन गरेर अगाडि बढ्ने छु । यद्दापी म पत्रकारितालाई पनि निरन्तर दिनेछु ।’

    Advertisement

    उनले यहाँ सम्म पुग्न साथ र सहयोग गर्ने सम्पूणर् सहयोगी हाथहरुलाई धन्यवाद समेत व्यक्त गरेकी छन ।

    यस्तै, पत्रकार मधु पौडेलले पछिल्लो समय पत्रकारको  आर्थिक विकासका लागि  पत्रकारहरू समेत  व्यवसायी गर्नुलाई आर्थिक क्रान्तिको रूपमा  लिनुपर्ने बताउँदै भने, ‘पत्रकारले अन्य व्यवसाय गर्दा पत्रकारको मर्यादा तथा जिम्मेवारीमा प्रभाव नपर्ने गरि गर्नु पर्छ, जसले  आर्थिक क्रान्तिको सुरूवातका  रूपमा लिनु पर्छ ।’

    Advertisement

    नेपालगञ्ज-२ हनुमानगढी मन्दिर (घरवारी टोल)को छेउमा उक्त पार्लर रहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    21

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »