२१ चैत्र, बाँके । बाँकेको खजुरा गाँउपालिकाको प्रशासनिक भवनको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ । खजुरा गाँउपालिकाको केन्द्र तोकेको बी गाउँमा निर्माणधिन प्रशासनिक भवन एम के जुगल जिभि ले ५ करोड ३६ लाख ४ हजार ८ सय १५ रुपैँयामा ठेक्का पाएको हो ।
प्राविधिक कमिकम्जोरीका कारण विगतको योजना कार्यन्वयन हुननसेको र निर्माण व्यवसायीले पनि ४७ प्रतिशत मात्रै भुक्तानी पाएको गाँउपालिकाका प्रशासकीय अधिकृत बस बहादुर रानाले बताएका छन ।
Advertisement
भवनको निर्माण चाढै सम्पन्न गर्न पालिकाले निर्माण व्यवसायीलाई पटक पटक ताकेता र सम्पर्क गरी रहेको अधिकृत रानाले बताए ।
नाईल खबरलाई जानकारी गराउदैँ उनले भने, ‘हामीले निर्माण व्यवसायीहरुलाई ताकेता गर्ने काम गरेका छौँ । उहाँहरुले पनि समन्वय गर्नुभएको छ ।’
गाँउपालिका अनुसार भवनको फिनिसिङको कार्य बाँकी रहेको छ । गाँउपालिका अधिकृत रानाले जानकारी गराउदैँ भने, ‘फिनिसिङको काम जस्तै, पेन्टिङ, विद्युतिय वाइरिङ, टायल मार्बल, पानीको निकास लगायतका कार्य बाँकी छ । डाउन फोल्र बाहेक माथि झ्याल ढोकाको काम पनि बाँकी छ ।’
ढिलाईको विषयमा अधिकृत रानाले भने, ‘समग्र रुपमा काम हेर्दा ७० प्रतिशत भईसकेको छ तर प्राविधिक केही कमिकम्जोरीले गर्दा विगतको योजना निरन्तर कार्यन्वयन गर्न नसकेको हो । निर्माण व्यवसायीले ४७ प्रतिशत मात्रै भुक्तानी लिएको छ । अरु वित्तीयको पुरै बाँकी छ ।’
Advertisement
पालिकाले निर्माण व्यवसायीलाई समय समय ताकेता, पत्राचार, फोन मार्फत सम्र्पक गरिएको रानाले जानकारी गराए ।
उनले भने, ‘समस्या कहाँ देखिएको छ भने हामीहरुको विगतको पैसाहरु नै केही भुक्तानी नहुदाँ सामान खरिद गर्न नसकेको र उहाँहरुसंग समन्वय गर्दा भुक्तानी भइदिए सामान खरिद गर्न सक्ने कुरा निस्किन्छ ।’ तर निर्माण व्यवसायीले जुन किसिमले कार्यलाई निरन्तरता दिनुपर्ने त्यो सुस्त गतिमा रहेको गाँउपालिकाले जनाएको छ । विगतमा पनि निर्माण व्यवसायीले समयमै म्याद थपका लागि सम्पर्क गर्न नसक्नुको कारणले पनि समस्या आएको बुझिएको छ ।
पालिका अनुसार २०८० साल असोज मसान्त सम्म थप गरेको तर निर्माण व्यवसायीले सामान खरिदका लागि पत्र सार्वजनिक खरिद १३ औं संसोधनले सुविधालाई मध्यनजरलाई राखेर आएको छ । ठेक्का पाएको कम्पनीले म्याद थपका लागि आएपनि गाँउपालिकाले प्राविधिक प्रगति विवरणको प्रतिवेदन पेश गर्न माग गरेको छ ।
Advertisement
प्रतिवेदन र म्याद थपको विषयमा रानाले भने, ‘उक्त विवरण सहित उहाँहरुले प्रतिवेदन पेश गर्नुभयो भने अझै कति समय चाहिन्छ र त्यो समयसिमा भित्र उहाँहरुले सम्पन्न गर्न सक्ने हो कि होईन ? प्राविधिक प्रतिवेदनको आधारमा हामीले म्याद थप गर्छौ र त्यो समयसिमा भित्र उनीहरुले काम सम्पन्न गर्नुपर्छ ।’
समयमै भवन निर्माण गर्न सकेमा सेवाग्राहीलाई अझै प्रभावकारी रुपमा सेवा प्रदान गर्न सकिने अधिकृत रानाले बताए ।
Advertisement
हाल खजुरा गाँउपालिकाले साविकको बागेश्वरी गाविसको भवनबाट सेवा प्रदान गर्दै आईरहेको छ । प्रशासनीक भवनको निर्माण सम्पन्न भएसंगै यो भवन लुम्बिनी प्राविधिक शिक्षा विश्वविद्यालयलाई हस्तान्तरण गर्ने अधिकृत रानाले जानकारी गराए ।
उनले भने, ‘समयमै हामीले आफ्नो प्रशासनिक भवन सम्पन्न गर्न सक्यौं भने सम्पूणर् सेवाग्राहीको सेवा त्यहिबाट प्रभावकारी रुपमा प्रदान गर्न सक्छौं ।’
उनले विगतका बहुवर्षिय योजनालाई गतिशिल रुपमा सम्पन्न गर्न पालिकाले तिब्रताका साथ लागिपरेका बताए । उनले यसका लागि योजना शाखा, प्राविधिक कर्मचारी, जनप्रतिनिधि लगायत चिन्तित रहेको बताए ।

















टिप्पणीहरू