Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड हस्तान्तरण

    २१ चैत्र, काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई इमरजेन्सी फस्टहेड वक्सहरु हस्तान्तरण गरेका हुन ।

    सो क्रममा प्रा.डा.अन्सारीले समाजमा शान्ति व्यवस्था, अमनचयन कायम गर्न नेपाल प्रहरीको जति भूमिका रहन्छ त्यत्तिनै नागरिक समाजको पनि रहने जानकारी गराउदै मेडिकल कलेज नेपाल प्रहरी सँग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

    Advertisement

    दुर्घटना भइहाले घाइतेहरुको तत्काल उद्दार र प्राथमिक उपचारमा इमरजेन्सी फस्टहेडको महत्वपूणर् भूमिका रहन्छ । कलेजले गरेको सहयोग र सहकार्यले दुर्घटनामा हुने मानवीय क्षती कम गर्न सहयोग पुग्ने डिएसपी पाण्डेले बताए ।

    हस्तान्तरण कार्यक्रममा कलेजका अस्पताल निर्देशक डा.राजेश किशोर श्रेष्ठ, हस्पिटल डाइरेक्टर प्रा.डा.मोदनाथ मरहठ्ठा, निर्देशक डा.साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योती खड्काको समेत सहभागीता रहेको थियो ।

    Advertisement

    कलेजले मेडिकल शिक्षा, स्वास्थ्य सेवा र मानवीय सेवामा विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको कलेजले जनाएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने क्रममा आम नागरिकसँग सात्क्षात्कार हुन सहकार्य गरिँदै आइएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »