Close sidebar
  • ताजा
  • लोकप्रिय
  • गृहमन्त्री लामिछानेको राजीनामा र संसदीय छानबिनको लागि कांग्रेसको माग

    ६ चैत्र, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता बारे संसदीय छानबिन समितिको माग गरेको छ ।

    सहकारी ठगीमा लामिछानेको संलग्नता नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को जवाफ प्रति असन्तुष्ट कांग्रेसले संसदीय छानबिनको माग गरेको हो ।

    Advertisement

    मंगलवार प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लामिछाने विरुद्ध यस्तो माग गरेका हुन ।

    ‘प्रधानमन्त्रीले रविविरुद्ध कुनै प्रमाण छैन भन्नु भएको छ, हामी पर्याप्त प्रमाण छ अत्यन्त ज्यादा प्रमाण छ भनिरहेका छौं । यसको छिनोफानो कसले गर्ने त ? संसदको अभ्यासमा भएको, संसदीय मान्यतामा स्थापित भएको यही सदन भित्र छानबिन समिति गठन गरौं ।’

    Advertisement

    ‘प्रधानमन्त्रीले कांग्रेसले संसदीय काम प्रभावित गरेको आरोप लगाउनु भयो । संसदको कामलाई अवरुद्ध गरेका छैनौँ, यसरी गम्भीरतापूर्क कुरा उठाउँदा सरकारले सुनेन भने सरकार आफैँले संसद् अवरुद्ध गरेको मानिने छ । संसदभित्र निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गरौँ ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »