Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पत्रकार अभिशेष गुप्ता माथि दुब्र्यबहार गर्नेले मागे माफी

    ५ चैत, बाँके । भेरी अस्पतालमा पत्रकार अभिशेष गुप्तालाई दुब्र्यबहार गर्ने सुरक्षागार्ड सम्बद्ध कम्पनीले आत्मालोचना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता ब्यक्त गरेको छ ।

    गुप्ता आबद्ध संगठन नेपाल प्रेस युनियनको अगुवाईमा भेरी अस्पतालमा आज भएको छलफलमा अस्पतालको सुरक्षाको जिम्मेवारी लिएको कम्पनीले आत्मालोचना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता ब्यक्त गरेको हो जसपश्चात दुब्र्यबहारको विषय सहमतिमा टुंगिएको युनियनका सचिव भिष्म लोधले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन ।

    Advertisement

    प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य समेत रहेका गुप्ता जी नेपाल टेलिभिजनमा कार्यरत छन् । उनी माथि रिपोर्टिंगका क्रममा सुरक्षागार्डले दुब्र्यबहार गरेपछि मिडिया सम्बद्ध विभिन्न संगठनले घटनाको घोर भत्सर्ना गरेका थिए ।

    यस्तै भेरीले उक्त घटना पश्चात अस्पतालमा रिपोर्टिंग गर्दा सूचना अधिकारी संग अनुमति लिनुपर्ने जनाउदै प्रकाशित गरेको सूचनाको चौतर्फी आलोचना भएपछि उक्त सूचना सच्याउने प्रतिबद्धता पनि अस्पताल प्रशासनबाट ब्यक्त भएको जनाइएको छ ।

    Advertisement

    युनियनले पूणर् प्रेस स्वतन्त्रता प्रतिको अस्पतालको प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ । यसै बीच आजै साँझ भेरीले सूचनाको ब्यहोरा सच्याउँदै नयाँ सूचना जारी गरेको छ । उक्त सूचनामा प्रेस स्वतन्त्रता प्रति प्रतिबद्धता ब्यक्त गर्दै समाचार संकलनमा रोक लगाउने नियत नरहेको स्पष्ट पारिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »