१९ फाल्गुन, बाँके । बाँकेमा अर्गानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्य सहित यहाँका कृषकले व्यावसायिक उखु खेती सुरु गरेको छन ।
एनपिजे एग्रिकल्चर उद्योग प्रा.लि.ले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ ‘ए’ गाउँ सत्ताईस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ सुरु गरेको हो ।
Advertisement
लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल अहिरले व्यावसायिक उखु रोपाइँको सुरुवात गर्दै युवापुस्ता कृषिमा लगानी सहित प्रवेश गर्नु सुखद भएको बताए । उनले आर्थिक विकासका लागि व्यावसायिक कृषिमा जोड दिन आवश्यक रहेको जिकिर गरे ।
जानकी गाउँपालिका –३ इन्द्रपुरमा समेत १२.५ बिघा क्षेत्रफलमा पनि उखु रोपाइँ सुरु गरिने प्रा.लि.का सञ्चालक साहिल कुरैसीले जानकारी गराए ।
Advertisement
यसैगरी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा पनि उखु खेती गरिने बताइएको छ ।
जानकी –३ मा मिल खोलेर अर्गानिक चिनी, भेली र गुँड उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक कुरैसीले जानकारी गराए । एक पटक उखु रोपेपछि तीन पटकसम्म उत्पादनको फाईदा लिन सकिने कुरैसीले जानकारी गराए ।
टिप्पणीहरू