Close sidebar
  • ताजा
  • लोकप्रिय
  • तराई जिल्लाहरु मध्ये बर्दिया सामान्य र सरल छः प्रहरी उपरीक्षक धिताल

    १४ फाल्गुन, बर्दिया । नेपालका ७७ वटै जिल्लाहरु मध्ये शान्ति सुरक्षा र अपराधका हिसावले बर्दिया सामान्य र सरल रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए ।

    हालै सलार्हीबाट बर्दिया काजसरुवा भएर आएका उपरीक्षक धितालले तराई जिल्लाहरु मध्ये बर्दिया सामान्य र सरल रुपमा परिचित रहेको जानकारी गराए ।

    Advertisement

    उनले नाईल खबर संगको अन्तरवार्तामा भने, ‘वन्यजन्तु र मानिसहरु बीच जुन खालको सघंर्ष र भिडन्त छ बेला बेलामा समस्या अल्झिरहेको छ ।’

    उनले लागूऔषधको विषयमा पनि नेपाल प्रहरी निरन्तर लागिरहेको बताए । उनले आत्माहत्याको विषयमा पनि नाईल खबरलाई जानकारी गराउदै भने, ‘आफु आफैलाई हानी पुर्‍याउने किसिमले आत्माहत्याका घटनाहरु प्नि पश्चिम भेल्टमा देखिरहेको छ ।’ यसलाई न्युनिकरण गर्ने गरी हामी काम गरीरहेका छौँ । यहाँ अन्य तराईका जिल्लाहरु जस्तै संगठित तथा ठूला ठूला घटनाहरु त्यस्तो देखिएको छैन ।

    Advertisement

    समग्रमा अन्य क्षेत्रको तुलनामा शान्ति सुरक्षाको स्थिति बलियो भएपनि यहाँका स्थानीयको माग अनुसार तथ्यांकलाई केलाएर आगामी दिनमा ती घटनालाई न्युनिकरण गर्नका लागि नेपाल प्रहरी लागिरहेको उनले बताए ।

    निकुञ्ज क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्दलाई न्युनिकरण गर्न निकुञ्ज संग समन्वय र सहकार्य गरी रहेको उनले जानकारी गराए ।

    Advertisement

    अहिलेका नयाँ युवा वर्गहरु छिमेकी राष्ट्र भारत जाने र लागूऔषध सेवन गर्ने र केहीले व्यापारको रुपमा बनाएको प्रहरी उपरीक्षक धितालले बताएका छन । त्यसलाई न्युनिकरण गर्न दैनिक आवजावलाई निग्रानी गर्ने र शंकाको घेरामा रहेका मानिसलाई खोजतलास तथा आवश्यक सोधपुच गर्नुका साथै त्यस्ता व्यक्तिहरुको सूची समेत बनाउने गरेको उपरीक्षक धितालले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »