१२ फाल्गुन, बाँके । टिम डि एड्जले नेपालगञ्जमा होली फेस्टिबल कार्यक्रम गर्ने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ भैयांपुुर राझामा होली फेस्टिबलको तयारी भैरहेको टिम डि एड्जका संचालक दिनेश थापा मगरले जानकारी दिए ।
Advertisement
चैत ११ गते होली पुणर्िामा भएता पनि तराईमा होली भने दोस्रो दिन मनाउने प्रथा भएकाले चैत १२ गते भब्यताका साथ होलि फेस्टिबल कार्यक्रम मनाउने तयारीमा जुटेको थापाले जानकारी गराए ।
टिम डि एड्जको आयोजनामा हुन लागेको होली फेस्टिबल सिज-३ को तयारी सुरु भईसकेको र सहकार्यका लागि प्रपोजलहरु विभिन्न कम्पनी, संघ संस्थालाई बुझाएको साथै केहि संघ संस्था र कम्पनीहरुले सहकार्यका लागि मन्जुर समेत भइसकेको बताइएको छ । अब केही दिनमा पत्रकार सम्मेलन मार्फत होली फेस्टिबलको जानकारी दिने थापा बताए ।
Advertisement
भैंयापुरमा हुने होली फेस्टिबलमा नेपाली गीत-संगीत, घैंटो फोड, डिजे म्युजिकका साथमा आनन्द र उत्सवका लागि तयार भएर बस्न नेपालगञ्जियालाई आग्रह समेत गरेका छन ।
टिप्पणीहरू