Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ६४ वर्षदेखि रोकिएको हुलाक टिकट नेपालमै छाप्न शुरु

    तस्विर: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निजि सचिवालय

    ५ फाल्गुन, काठमाडौँ । नेपालमै हुलाक टिकट छाप्न शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सँगको समन्वयमा हुलाक सेवा विभागले टिकट छपाइ शुुरु गरेको हो ।

    ६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट शुक्रबार देखि प्रचलनमा आएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निजि सचिवालयले जनाएको छ । मन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाएकी हुन ।

    Advertisement

    यसअघि भारत, इण्डोनेसिया लगायतका देशमा हुलाक टिकट छापेर ल्याउने गरिएको थियो ।
    २०१६ सालदेखि रोकिएको हुलाक टिकट छपाइ ६४ वर्षपछि पहिलोपटक नेपालमा छाप्न थालिएको विभागले जनाएको छ । पहिलोपटक प्रचलनमा ल्याइएको हुलाक टिकट नेपालमै छापिएको थियो । सरकारी र औपचारिक कागजातमा हुलाक टिकटको प्रयोग हुने गरेको छ ।

    मन्त्रीको सचिवालयले, ‘मन्त्री शर्माले टाँचा प्रदान गरेसंगै सहितदहरु कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल ‘अभागी’ र ऐतहासिक व्यक्तित्व साहना प्रधानको मुखाकृत हुलाक टिकट प्रचलनमा आएको छ’ जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »