३ फाल्गुन, कपिलवस्तु । कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको भने चालक सहित ३० जना घाइते भएका छन ।
महेन्द्रनगरबाट काठमाडौँका लागि हिडेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस गएराति १ बजे कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Advertisement
घाइते मध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । बसमा ४० यात्रु सवार सवार रहेको बताएको छ ।
बस सडकबाट दुईसय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृतकको सनाखत हुन सकेको छैन । तिव्र गतिका कारण बस सडकबाट तल खसेको प्रहरीको अनुमान छ ।
टिप्पणीहरू