१ फाल्गुन, काठमाडौँ । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै भारतका किसानले आज राजधानी नयाँ दिल्लीमा प्रदर्शन गर्ने भएका छन ।
उत्पादनको न्यूनतम समर्थन मूल्य (एमएसपी) सम्बन्धी कानून बनाउने लगायतका धेरै मागहरू लिएर किसानहरूले मंगलबार पञ्जाब–हरियाणाबाट भारतको राजधानी दिल्ली तर्फ मार्च गरिरहेका छन । ‘दिल्ली कूच’ नाम दिइएको दिल्ली मार्चमा २० हजारभन्दा किसान २५ सय ट्याक्टरसहित सहभागी हुने भएपछि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Advertisement
यस्तो अवस्थामा पुलिस प्रशासनले दिल्लीमा किसानहरूको प्रवेश रोक्न र उनीहरूको सुरक्षा सुनिश्चित गर्न कडा व्यवस्था गरेको छ । यस सम्बन्धमा दिल्लीको सिमाना सिल गरिएको छ र धेरै मार्गहरूमा ट्राफिक डाइभर्ट गरिएको छ ।
यसअघि किसानले विरोध प्रदर्शनको तयारी गरेपछि सोमबार चण्डीगढमा केन्द्रीय मन्त्री पीयूष गोयल र अर्जुन मुण्डा पुगेर किसान संगठनहरु सँग छलफल गरेका थिए ।
Advertisement
घण्टौँसम्म चलेको वार्ता र छलफलमा सरकार आफ्ना माग पूरा गर्न तयार नभएको भन्दै चण्डीगढ, हरियाणा लगायतका किसान प्रदर्शनमा सहभागी हुन लागेका हुन ।
दिल्ली ट्राफिक प्रहरीका अनुसार हरियाण सडक, दिल्ली र उत्तर प्रदेशको बीचमा पर्ने गाजीपुर सीमा, सोनीपत, पानीपत, करनाल, बहादुरगढ, रोहतक लगायतका क्षेत्रमा प्रहरीले सडक पूर्णरुपमा बन्द गराएको छ ।
Advertisement
साथै दिल्लीभित्र निषेधाज्ञा जारी गरिएको छ । किसानहरुले लाखिमपुरमा ३ वर्षअघि मारिएका किसानका परिवारलाई क्षतिपूर्ति, किसान र मजदुरको ऋण माफी, उत्पादन खरिदको ग्यारेन्टीलगायतका माग किसानले राखेका छन ।
टिप्पणीहरू