Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भारतीय गाडीबाट झण्डै २ करोड नक्कली नेपाली नोट बरामद

    प्रतिकात्मक तस्बिर

    २९ माघ, सुनसरी । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको गाडीबाट झण्डै दुई करोड रुपैयाँका नक्कली नेपाली नोट बरामद गरेको छ ।

    इनरुवा नगरपालिका–४ बाट भारतीय बीआर ११ एक्स ३४२९ नम्बरको गाडीमा १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । भण्टावारीबाट इनरुवा तर्फ आइरहेको भारतीय स्कोरपियोभित्र झोलामा राखिएको नक्कली रुपैयाँ सहित सवारी सधान र चालकलाई नियन्त्रणमा लिइएको छ ।

    Advertisement

    नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई समेत पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । ट्राफिक प्रहरीको चेकजाँच क्रममा गाडीले चेकिङ छल्न खोजेपछि प्रहरीले खानतलासी गरेको थियो ।

    नक्कली नोटहरू झोलामा राखेर, बोराभित्र कोचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    Advertisement

    पक्राउ पर्नेमा गाडीका चालक भारतको वीरपुर घर भएका २२ वर्षीय मोहमद सैयद रहेका छन ।

    यसबारे थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »