Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नुनले मात्रै नभई यी कुराले पनि बढ्न सक्छ उच्च रक्तचाप

    २९ माघ, काठमाडौँ । उच्च रक्तचाप (ब्लड प्रेसर) बढ्नु स्वास्थ्यका लागि कयौँ प्रकारले हानिकारक छ । यसका कारण मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ ।

    नुनको अत्यधिक सेवनका कारण ब्लड प्रेसर बढ्छ भन्ने विश्वास छ । तर ब्लड प्रेसरमा नुन मात्रै हानिकारक नभई अधिक मात्रामा क्याफिन (कफी वा चिया) को सेवन गर्दा पनि ब्लड प्रेसर बढ्न सक्छ । रक्सीको सेवनले समेत ब्लड प्रेसर बढ्न सक्छ ।

    Advertisement

    उच्च रक्तचाप भएका बिरामीलाई डाक्टरहरुले पनि रक्सीको सेवन घटाउन सल्लाह दिईरहेका हुन्छन । हाइपरटेन्सन नभएका व्यक्तिले रक्सीको सेवनलाई सीमित बनाउँदा उच्च रक्तचाप हुने जोखिम न्यूनीकरणमा मद्दत मिल्ने सन २०१७ मा भएको एउटा अनुसन्धानले देखाएको थियो । अत्यधिक मात्रामा चिल्लो र तारेको भुटेको खानेकुराको सेवन गर्नेहरुमा हाई ब्लड प्रेसरको समस्या बढी हुन्छ ।

    नुन मात्रै होइन चाहिनेभन्दा बढी चिनीको सेवनले पनि मुटुसम्बन्धी रोगहरु निम्त्याउँछ नै ब्लड प्रेसर पनि बढाउन सक्छ । ब्लड प्रेसरका रोगीले सकेसम्म खान नहुने चिजमा प्रशोधित मासु पनि पर्छ । यस्ता मासुलाई प्रिजर्भ गरेर राख्न नुनको प्रयोग गरिएको हुन्छ । गालेको अचार, बट्टामा पाइने सुपहरु पनि सकेसम्म उच्च रक्तचापका बिरामी खानु हुँदैन ।

    Advertisement

    – एजेन्सीको सहयोगमा

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »