Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डः कोहलपुरले ह्याट्रीक गर्ने पक्कापक्की

    २८ माघ, बाँके । नेपालगञ्जको रंगशालामा शनिबारबाट जारी ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्र्तगत दोस्रो दिन आज विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन ।

    बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगञ्ज रंगशालामा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता अन्र्तगत आईतबार सम्पन्न छात्र पुरुष तर्फको कबड्डीमा जानकीलाई हराउँदै नेपालगञ्ज उपमहानगरपालिका विजयी हुन सफल भएको छ । भने कबड्डी छात्रा तर्फ खजुरा गाउँपालिका सँग पराजित हुँदै नेपालगञ्ज उपमहानगरपालिका दोस्रो भएको छ ।

    Advertisement

    छात्र तर्फको कबड्डीमा जानकी गाउँपालिका दोस्रो स्थान प्राप्त गर्न सफल हुँदा कोहलपुर र बैजनाथ गाउँपालिकाले तेस्रो स्थान प्राप्त गर्न सफल भए ।
    यस्तै, छात्रा कबड्डीतर्फ खजुरा गाउँपालिका दोस्रो हुँदा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरे ।

    ४०० मिटर छात्र तर्फको दौडमा कोहलपुरका निर्मल परियार प्रथम, जानकी गाउँपालिकाका कमल साहु दोस्रो र नेपालगन्जका अनुप थारुले तेस्रो स्थान प्राप्त गरे ।
    यस्तै ८०० मिटर छात्र दौडमा राप्तीसोनारीका करण नेपाली प्रथम हुँदा राप्तीसोनारीकै राकेश खटिक दोस्रो र खजुराका विराज दर्नालले तेस्रो स्थान प्राप्त गरे ।

    Advertisement

    हाईजम्प छात्रतर्फ कोहलपुरका मिलन विश्वकर्मा प्रथम, नेपालगन्जका अनुराग पहाडी दोस्रो र राप्तीसोनारीका प्रदीप विष्टले तेस्रो स्थान प्राप्त गरे । भने हाईजम्प छात्रा तर्फ कोहलपुरकी निश्मा थारु प्रथम, राप्तीसोनारीकी स्वसिका थारु दोस्रो र बैजनाथकी मनिषा थारुले तेस्रो स्थान प्राप्त गरिन ।

    यस्तै, ज्याभलिङ छात्र तर्फ नेपालगञ्जका विष्णु घर्तीमगर प्रथम, खजुराका सुवाष रानामगर दोस्रो र राप्तीसोनारीका बालकृष्ण थारुले तेस्रो स्थान प्राप्त गरे ।
    यसैगरी ज्याभलिङ छात्रातर्फ राप्तीसोनारीकी सुस्मा चौधरी प्रथम, खजुराकी पुष्पा कामी दोस्रो र राप्तीसोनारीकी दीपा थारुले तेस्रो स्थान प्राप्त गरिन ।

    Advertisement

    यस्तै भलिबलको फाईनलमा छात्र तर्फ कोहलपुर नगरपालिका प्रथम, बैजनाथ गाउँपालिका दोस्रो र राप्तीसोनारीले तेस्रो स्थान पाउन सफल भयो । भने भलिबल छात्रातर्फ राप्तीसोनारी प्रथम, कोहलपुर दोस्रो र खजुरा तेस्रो हुन सफल भयो ।
    तेक्वान्दो तर्फ छात्र र छात्राको विभिन्न ६ वटा विधामा भएका खेलमा कोहलपुर प्रथम, राप्तीसोनारी दोस्रो र बैजनाथले तेस्रो स्थान प्राप्त गर्न सफल भएको समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।

    उपाध्यक्ष भट्टराईका अनुसार सोमबार ४×४ रिले, २०० मिटर, ३००० मिटर र त्रिपल जम्पका छात्र र छात्राका दुवै खेल हुनेछ ।
    भने विहान ११ बजे हुने समापन समारोह प्रमुख अतिथी एवं लुम्बिनी प्रदेश सांसद माया पुनद्वारा गरिनेछ ।
    प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष संदिपजंग शाहले बताए ।

    Advertisement

    उनका अनुसार जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखी १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउनेछन ।

    बाँके जिल्लाले लगातार दुईपटक पहिलो स्थान सहित उपाधि जितेकाले यसपटक पनि जितेर प्रदेश स्तरीय प्रतियोगितामा ह्याट्रीक गर्ने रणनीति बनाएको अध्यक्ष शाहले बताए ।

    प्रतियोगिता अन्तर्गत पहिलो दिन विभिन्न विधाका खेलहरु सम्पन्न भएकाछन । कबड्डी छात्रातर्फ सम्पन्न खेलमा खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगपालिका फाइनलमा पुगेकाछन । भने बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका तेस्रो स्थान ओगट्न सफल भएकाछन ।

    यस्तै छात्रतर्फको कबड्डी भने भोली आईतबार हुनेछ ।
    नेपालगञ्ज रंगशालाको कर्भड हलमा भएको छात्र भलिबल तर्फ फाईनलमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका भिड्नेछन । शनिबार भएको खेलमा राप्तीसोनारीलाई बैजनाथले र कोहलपुरले नेपालगन्जलाई हराउँदै फाईनलमा पुगेका हुन भने नेपालगञ्जलाई हराउँदै राप्तीसोनारी तेस्रो स्थान हुन सफल भयो ।

    शनिबार सम्पन्न कराँतेतर्फ कोहलपुर नगरपालिकाले ८ गोल्ड, ३ सिल्भर प्राप्त गर्दै प्रथम भयो । बैजानाथ गाउँपालिकाले ४ गोल्ड, ७ सिल्भर र एक ब्राउन्ज जित्दै दोस्रो स्थान ओगट्न सफल हुँदा राप्तीसोनारी गाउँपालिकाले एक सिल्भर र ८ ब्राउन्ज जित्दै तेस्रो स्थान ओगट्न सफल भयो ।

    कराँते छात्रा तर्फको ४० केजीमा कोहलपुरकी रोजी थापा प्रथम, राप्तीसोनारीकी विपना श्रेष्ठ दोस्रो र बैजनाथकी अन्जना थारु तेस्रो भईन । यस्तै ४५ केजीतर्फ बैजनाथकी बबिता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्तीसोनारीकी डेनिसा ओलीले तेस्रो स्थान प्राप्त गरिन ।
    छात्रा कराँते ५० केजीतर्फ बैजनाथकी सिता विक प्रथम र राप्तीसोनारीकी अनिसा परियार तेस्रो भईन भने ५५ केजीतर्फ छात्रा कराँतेमा कोहलपुरकी पास्ना योञ्जन प्रथम, बैजनाथकी कल्पना राना दोस्रो र राप्तीसोनारीकी रोजिना थारुले तेस्रो स्थान प्राप्त गरिन ।

    यस्तै ६० केजी कराँते छत्रातर्फ कोहलपुरकी अनु चन्द प्रथम हुँदा बैजनाथकी लक्ष्मि बुढाथोकी दोस्रो स्थान प्राप्त गरिन ।
    यसैगरी कराँते छात्र ४२ केजीतर्फ कोहलपुर नगरपालिकाका सुमन सिंह ठकुरी प्रथम हुँदा बैजनाथ गाउँपालिकाका अभिषेक विकले दोस्रो स्थान प्राप्त गरे ।
    कराँते छात्र ४७ केजी तर्फ कोहलपुरका सन्दिप शाही प्रथम, बैजानाथका समिर थारु दोस्रो र राप्तीसोनारीका अमृत थारुले तेस्रो स्थान प्राप्त गरे । यस्तै ५२ केजी तर्फ कोहलपुरका सुमन बुढा प्रथम, बैजनाथका मेघराज विक दोस्रो र राप्तीसोनारीका आभाष रुचालले तेस्रो स्थान प्राप्त गरे ।

    कराँते छात्र ५७ केजी तर्फ कोहलपुरका सुशान्त सिहं ठकुरी प्रथम हुँदा बैजनाथका विशाल खत्रीले दोस्रो स्थान प्राप्त गरे । यसैगरी कराँते छात्र ६२ केजीतर्फ बैजनाथका प्रेम रम्तेल प्रथम, कोहलपुरका शिवम पुनमगर दोस्रो र राप्तीसोनारीका अरुण बुढाथोकीले तेस्रो स्थान प्राप्त गरे ।
    कराँतेकै काता छात्र विधामा कोहलपुरका वसन्त थारु प्रथम, बैजनाथका प्रेम रम्तेल दोस्रो र राप्तीसोनारीका मनिकराज कुमाल तेस्रो भए भने काता छात्रातर्फ बैजनाथकी बविता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्तीसोनारीकी डेनिशा ओलीले तेस्रो स्थान प्राप्त गरिन ।

    छात्र १५०० मिटर दौडतर्फ राप्तीसोनारीका करण नेपाली प्रथम, खजुराका राहुल धौलागिरी र कोहलपुरका निराजन शाही तेस्रो भए । यसैगरी छात्रा १५०० मिटरतर्फ राप्तीसोनारीकी अनिशा थारु प्रथम, कोहलपुरकी दिशिखा शाही दोस्रो र राप्तीसोनारीकी सुष्मा खड्काले तेस्रो स्थान हाँसिल गरिन ।

    छात्र १०० मिटर तर्फ दौडमा बैजनाथका मनोज विक प्रथम हुँदा बैजनाथकै पुरन थापा दोस्रो हुनुभयो भने कोहलपुरका प्रतिक सुनारले तेस्रो स्थान प्राप्त गरे ।
    यस्तै छात्रा १०० मिटरतर्फको दौडमा नेपालगञ्जकी आरुषी भट्टराई प्रथम, राप्तीसोनारीकी सम्झना थारु दोस्रो हुँदा नेपालगञ्जकै तुलसी विकले तेस्रो स्थान प्राप्त गरिन ।
    छात्रा ४०० मिटर दौड तर्फ राप्तीसोनारीकी अनिसा थारु प्रथम हुँदा राप्तीसोनारीकै रामकुमारी थारु दोस्रो भईन भने कोहलपुरकी स्वस्तिका शाहीले तेस्रो स्थान प्राप्त गरिन ।

    छात्र लङजम्प तर्फ राप्तीसोनारीका रमेश थारु प्रथम, बैजनाथका यूवराज खत्री दोस्रो र राप्तीसोनारीकै आशिक थारुले तेस्रो स्थान प्राप्त गरे ।
    यस्तै, छात्रा लङजम्प तर्फ नेपालगञ्जकी चमेली चौधरी प्रथम, कोहलपुरकी तुलसी दमाई दोस्रो र बैजनाथकी रेणु विएमले तेस्रो स्थान प्राप्त गरिन ।

    छात्रा शटपट तर्फ नेपालगञ्जकी आरुषी भट्टराई प्रथम हुँदा नेपालगञ्जकै रिमा राना दोस्रो र बैजनाथकी अस्मिता महतराले तेस्रो स्थान प्राप्त गरिन ।
    यसैगरी छात्र शटपटतर्फ राप्तीसोनारीका विराज विक प्रथम, बैजनाथका अमित सिंह दोस्रो र खजुराका प्रसुन गुरुङले तेस्रो स्थान प्राप्त गरे ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »