२१ माघ, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन भइरहेको मेयर कप अन्तर विद्यालय छात्र-छात्रा फुटबल प्रतियोगितामाको छात्रतर्फ जय बागेश्वरी इंग्लिस मेडियम स्कूल र नेपालगञ्ज सेन्ट जेभियर्स सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा शनिबार जय बागेश्वरीले ड्रिमल्याण्ड र सेन्ट जेभियर्सले सेन्ट थोमसलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
Advertisement
जय बागेश्वरीले ड्रिमल्याण्डलाई १-० गोलले पराजित गरेको छ । खेल शुरु भएको ७ औं मिनेटमा जय बागेश्वरीका पुष्कर साउदले गरेको गोल नै निणर्ायक भएको थियो । यो खेलमा साउद नै म्यान अफ द म्याच भए । उनलाई नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र कोहलपुरका प्रमुख विजय बर्मा र प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, बाँकेका सल्लाहकार ललित रौनियारले पुरस्कृत गरे ।
अर्को खेलमा सेन्ट जेभियर्सले सेन्ट थोमसलाई २-१ गोलले पराजित गर्यो । १२ मिनेटमा पुष्कर भण्डारीको गोलबाट सेन्ट जेभियर्सले अग्रता लिएको थियो । ४५ मिनेटमा विपिन खड्काले गोल गर्दै टीमको अग्रता अझ बढाए । सेन्ट थोमसका निशान्त न्यौपानेले ५५ मिनेटमा गोल गरेका थिए । अन्तिमतिर गोल गरेर आक्रामक बनेको सेन्ट थोमसले त्यसपछिका अवसर खेर फाल्दा पराजित हुन पुग्यो । यो खेलमा जेन्ट जेभियर्सका निशान्त शाही म्याद अफ द म्याच भए । उनलाई लुम्बिनी प्रदेशका सांसद दुर्गाबहादुर चौधरीले पुरस्कृत गरे ।
Advertisement
प्रतियोगितामा २८ वटा स्कूलले भाग लिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ को एन्फा ग्रासरुट टे्रनिङ सेन्टरमा प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन् ।



















टिप्पणीहरू