Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भिसा उल्लंघन गर्ने कामदारलाई स्थिति सुधार्ने मौका

    ६ माघ, काठमाडौँ । कुवेतले सन २०२० पूर्व भिसा उल्लंघन गर्ने विदेशी कामदारलाई जरिमाना तिरेर आफ्नो स्थिति सुधार्ने अवसर दिने भएको छ ।

    कुवेतको आन्तरिक मन्त्रालयले भर्खरै मन्त्रिस्तरीय संकल्प नं. २६–२०२४ जारी गर्दै सन २०२० अघि बसोबास कानुन उल्लंघन गर्ने विदेशीहरूलाई जरिमाना तिरेर आफ्नो स्थिति सुधार्न अवसर प्रदान गर्ने लक्ष्य राखिएको जनाएको हो ।

    Advertisement

    यो निर्देशन रिजोल्युसन नम्बर २८८–२०२० को खारेज पछि आएको हो, जसले वैध निवास अनुमतिबिना देश निकाला गर्नेहरूलाई अनिवार्य गरेको थियो ।

    त्यहाँको डिक्री–कानुन नम्बर ३८–१९८० को छानबिन पछि, सिभिल र वाणिज्य प्रक्रिया कानुनको कार्यान्वयनलाई सम्बोधन गर्दै मन्त्रीस्तरीय संकल्प नं. २८८–२०२० को पुनः मूल्यांकन गरी वैध आवास अनुमति वा म्याद समाप्त भएको निर्णय नभएका आप्रवासीहरूलाई देश निकाला गर्ने प्रोटोकलहरूको रूपरेखा उपसचिवले कार्यभारका लागि पेस गरेको प्रस्तावका आधारमा बनाइएको हो ।

    Advertisement

    प्रस्तावको दफा १ ले माथि उल्लिखित संकल्प नम्बर २८८–२०२० रद्द गरेको घोषणा गर्छ ।

    दफा २ ले कार्यवाहक उपसचिवलाई यो निर्णय कार्यान्वयन र लागू गर्न आदेश दिएको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

    Advertisement

    यो खबर आजको राजधानी दैनिकमा छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »