६ माघ, काठमाडौँ । पुराना हुलाक टिकट र सिक्का सङ्कलनमा सोखिन दिनेश आचार्यलाई पछिल्लो समय सम्पर्क गर्ने भारतीय सङ्कलकहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।
उनका अनुसार नेपालले विक्रम सम्वत २०२४ सालमा राम नवमीको अवसरमा जारी गरेको सीता–रामको तस्बिर अंकित हुलाक टिकट खरिद गर्ने इच्छा त्यस्ता व्यक्तिहरूले राख्ने गरेका छन ।
Advertisement
सो हुलाक टिकटमा विक्रम सम्वतको साल उल्लेख भएपनि अहिले इस्वी सन् २०२४ मा अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा समारोह आयोजना हुन लागेको भन्दै त्यसलाई एउटा अच्चम्मको संयोगका रूपमा कैयौँ भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उल्लेख गरिरहेका छन ।
नेपाली हुलाक टिकटको चर्चा भारतमा पनि भइरहेकोमा कतिपय नेपाली हुलाक टिकट सङ्कलकहरू खुसी छन । तर तथ्यलाई बढाइचढाइ प्रस्तुत गर्न नहुने उनीहरू बताउँछन ।
Advertisement
उनी भन्छन, ‘मलाई नै यो टिकट चाहियो भनेर २५–३० जनाले सम्पर्क गरेका छन । पहिलो टाँचा लगाइएकै चाहियो भन्नेहरू पनि छन । पहिले त्यो टिकट करिब १५ देखि २० रुपियाँ पर्ने टिकट हो तर अहिले (भारतबाट) उहाँहरूले म १०० रुपियाँ भारु दिन्छु मलाई देऊ भनिरहनुभएको छ । १०० वटा ५० वटा पठाइदेउ भन्ने धेरै छन ।’
टिप्पणीहरू