Close sidebar
  • ताजा
  • लोकप्रिय
  • छैठौं नेपालगञ्ज महोत्सवमा आज चर्चित गायक रामजी खांड र टंक तिमिल्सिना आउदैँ

    छैठौं नेपालगञ्ज महोत्सव

    ७ पौष, बाँके । छ्रैठौं नेपालगञ्ज महोत्सवमा आज चर्चित गायक रामजी खांड, टंक तिमिल्सिना लगायतकोको प्रस्तुती रहने भएको छ ।

    कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ ए.जी. सर्भिस प्रा.लि. नेपालगञ्जले आयोजना गरेको महोत्सवमा आज चर्चित गायक रामजी र टंकको प्रस्तुती रहने सचिवालयले जनाएको छ ।

    Advertisement

    आयोजकका अनुसार आज रामजी र टंकले दर्शकलाई भरपुणर् मनोरञ्जन प्रदान गराउनेमा बिश्वस्त रहेको बताएको छ । यस्तै महोत्सवमा आज आइना चौधरी, चर्चित डान्सर तथा टिकटक स्टार दिपिका जिएच समेतको बजोड प्रस्तुती रहने भएको छ ।

    यस्तै, महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल,नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराए ।

    Advertisement

    हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताए । नेपालगन्ज महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »