७ पौष, बाँके । नेपालगञ्ज महोत्सवको पहिलो दिन प्रथम डान्स आइडलमा १८ छनोट भएका छन । जम्मा ३९ जना सहभागी रहेका डान्स आइडलमा शुक्रबार भएको पहिलो अडिसनबाट १८ जना छनोट भएका हुन ।
पहिलो दिन २० जनाको अडिसन भएको छ जसमा २ जना अडिसनबाट असफल भई बाहिरिएको बरिष्ठ नृत्य निर्देशक केबी शाहीले जानकारी गराए । आज १९ जनाको अडिसन रहेको छ भने आइतवार पहिलो अडिसनमा छनोट भएका १८ जनाको अडिसन हुने नृत्य निर्देशक शाहीले जानकारी गराए ।
Advertisement
यस्तै, महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाँउ, फोटो सेसनका लागि विभिन्न स्टल,नेपाल भारतका चर्चित चर्चित खेलाडी बीच कुस्ती प्रतियोगिता, राष्टिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक ए.जि. सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराए ।
हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताए । कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ बिहीवारदेखि सुरु भएको छैठौ नेपालगञ्ज महोत्सव २०८० पुष १७ गतेसम्म संचालन हुनेछ ।
टिप्पणीहरू