Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जबाट अवैध सुन सहित भारतीय नागरिक पक्राउ

    २७ मंसिर, बाँके । नेपालगञ्जबाट अवैध रुपमा लैजादै गरेको सुन जस्तो देखिने पहेलो धातु सहित प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ ।

    मंगलबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० साझा चोक स्थित चारबाहिनिबाट जमुनाह तर्फ जादै गरेको भारतको बाबागंजका बर्ष ४० वर्षिय बब्लु भन्ने संजय कुमार सोनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    Advertisement

    उनले चलाएको यूपी ४० एयु ४१९९ नं. मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले शंका लागेर चेक जाँच गर्ने क्रममा उनको साथबाट अबैध मिनिहार २ थान, मसिनो सिक्रि १ थान, नथिया ठुलो सानो १० थान, लकेट १ थान, कानमा लगाउने झाला ४ थान, औठी १ थान सुन बरामद गरिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

    प्रहरी डाँगी अनुसार गरगहनाहरू बरामद गरि थप कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको छ ।

    Advertisement

    प्रहरीले नेपालगञ्ज सुनचाँदी ब्यवसायि संग बाँकेले उक्त धातु सुन रहेको प्रमाणित गरेको जनाएको छ । उक्त धातुको तौल ७० ग्राम रहेको जसको बजार मूल्य रु. ६ लाख ७८ हजार १ सय ५८ रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »