Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा रातो नम्बर प्लेटका इ-रिक्सालाई प्रतिबन्ध

    १० मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा यात्रु वाहक रातो नम्बर प्लेट भएको इ-रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाको बैठकले बजारभित्र रातो नम्बर प्लेटका इ-रिक्सालाई प्रतिबन्ध लगाउने निणर्य गरेको छ । बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय सिमा निर्धारण गरेको छ ।

    Advertisement

    नगर क्षेत्रभित्र धेरैजसो इ-रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेका छन । यसअघि कात्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो नम्बर प्लेट बनाउन दिने निणर्य गरेको थियो ।

    उक्त अवधि मङ्सिर १५ गते समाप्त हुने भए पनि थप सात दिन समय थप गरेर अब मङ्सिर २३ गतेदेखि रातो नम्बर प्लेटका रिक्सालाई यात्रु बोकेर गुड्न नदिने निणर्य गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताए ।
    नेपालगञ्ज क्षेत्रमा बढ्दो सवारीसाधनको चापलाई मध्यनजर गर्दै त्रिभुवन चोकबाट त्रिवेणी मोडसम्म चारपाङ्ग्रे सवारीसाधन जान नदिने निणर्य गरिएको छ । यसैगरी गणेशमान चोकबाट चारबाहिनी चोक तर्फको सडकलाई पनि वान-वे बनाउने निणर्य गरिएको छ ।

    Advertisement

    विष्टका अनुसार अटेर गरेर रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोकेमा जिल्ला प्रशासन कार्यालय, प्रहरी व्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा ‘होल्डिङ’ गरी राखिनेछ । कालो प्लेट नबनाउँदा सम्म ती इ-रिक्सा होल्डिङ सेन्टरमै रहनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »