१० मंसिर, बाँके । बाँकेको जानकी गाँउपालिका वडा नं. २ मा सञ्चालन हुन लागेको धार्मिक तथा सांँस्कृतिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
धार्मिक मुल्य मान्यताका साथ प्रत्येक वर्ष कार्तिक शुक्लको पूर्णिमाकाे अवसरमा आयोजना हुने नहान मेला यस वर्षपनि सोमबार देखि शुरु हुने आयोजकले जनाएको छ । यो मेला धार्मिक रुपमा वर्षौ देखि सञ्चालन हुदैँ आएको स्थानीयले बताउँछन ।
Advertisement
जोगागाँउमा रहेको सगरा कुट्टीमा परम्परागत रुपमा कार्तिक पूर्णिमामा नहान मेला सोमबार देखि शुरु हुने स्थलगत अध्ययनमा पुगेका वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले जानकारी गराए ।
यस स्थानमा शिव मन्दिर तथा नागा बाबाकुट्टी समेत रहेको छ । मन्दिरकै प्राङ्गणमा रहेको तलावमा परम्पारगत रुपमा स्नान गर्ने र मन्दिर दर्शन गरेर मेला घुमघाम गर्ने वर्षौ देखि चलिआएको छ ।
Advertisement
मेला मङ्सिर ११ देखि १३ गतेसम्म सञ्चालन हुने व्यवस्थापन समितिले जनाएको छ ।
टिप्पणीहरू