Close sidebar
  • ताजा
  • लोकप्रिय
  • निर्वाचनको एक वर्षमा रास्वपा क्षेत्र नं. २ घरदैलोमा, सुझावका लागि आग्रह

    २ मंसिर, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नं. २ ले चुनाव भएको एक वर्षमा जनता समक्ष घरदैलो गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी अभियान अन्र्तगत बाँकेमा पनि घरदैलो गरेको हो ।

    क्षेत्रीय सभापति विवेक कुमार श्रेष्ठको नेतृत्वमा नेपालगञ्जका विभिन्न वडाहरुमा घरदैलो गरिएको हो ।

    Advertisement

    रास्वपाबाट प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी, नगरसभापति नविन खड्का, लुम्बिनी प्रदेश महामन्त्री निलराज अधिकारी लगायतले नेपालगञ्जका विभिन्न वडाहरुमा सुझाव सहित घरदैलो गरिएको क्षेत्रीय सभापति श्रेष्ठले बताए ।

    उनले भने, ‘हामी आज नेपालगञ्ज वडा नं. १, २, ४, १२ र १८ का जनता माझ पुगेर सुझाव फारम सहित घरदैलो गरेका छौं ।’

    Advertisement

    श्रेष्ठले घरदैलो क्रममा जनताबाट आफुहरुलाई आएको सुझावलाई केन्द्रित भएर लागुगर्ने प्रतिबद्धता समेत जाहेर गरे । उनले रास्वपालाई सुझाव सहित अगाडि बढाउन सहयोग गर्न आग्रह समेत गरेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »