Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल संवत ११४४ को अवसरमा नेपालगञ्जमा भिन्तुना शुभकामना तथा र्‍याली

    २७ कार्तिक, बाँके । नयाँ वर्ष नेपाल संवत ११४४ को उपलक्ष्यमा कार्तिक २८ गते नेपालगञ्जमा भिन्तुना शुभकामना अदानप्रदान तथा र्‍याली आयोजना गरिने भएको छ ।

    न्हुदँया भिन्तुना नेपाल संवत ११४४ को अवसरमा शुभकामना कार्यक्रम तथा मोटरसाईकल प्रर्दशन हुने भएको हो ।

    Advertisement

    नेवाः पुच: बाँकेको आयोजनामा मंगलबार गणेशमान चोक देखि र्‍याली शुरु हुने सचिव विवेक कुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार गणेशमान चोकबाट मंगलबार बिहान ७ बजेर ३० मिनेटमा उक्त र्‍याली सुरु हुने र नेपालगञ्जको विभिन्न स्थानको परिक्रमा गरेर पुनः भृकुटीनगर पुगेर शुभकामना आदनप्रदान गर्ने र जलपान कार्यक्रम रहेको छ ।

    Advertisement

    नेवाः पुचः बाँके गठन भएपछि समिति सक्रिय हुँदै भेषभुषा, भाषा, कला, संस्कृतिको जगेर्नाका लागि तालिम तथा संगठन बिस्तारका कार्यक्रमहरु गर्दै आएको छ ।
    यस वर्ष नयाँ वर्ष ११४४ को शुभ साइत लक्ष्मी पूजा कार्तिक २७ गते सोमबार रहेको थियो । बेलुकी ९ः१२ देखि १०ः४२ सम्म लाभ बेला, महा पूजा कार्तिक २८ गते मंगलबार समय बेलुकी ६ः४१ देखि ८:१० सम्म लाभ बेला रहेको छ । यस्तै किजा पूजा कार्तिक २९ गते बुधबार गरिने भएको छ । समय बिहान ६ः५ देखि ९ः२५ सम्म लाभ, अमृत बेला र त्यसपछि ११ः१५ देखि १२ः४५ सम्म शुभ बेला रहेको जनाईएको छ ।

    नेपाल संवत काठमाडौँ उपत्यका र उपत्यका बाहिर नेवारी समुदायको बसोबास भएका स्थानमा मनाईदै आईरहेको यो नेपालको मौलिक संवत हो । राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणबाट मुक्त बनाएर चलाएको संवत नेपाल संवतको रुपमा रहेको छ ।

    Advertisement

    कार्तिक शुक्ल पक्षका दिन नेपाल संवतको पहिलो दिन हो । यो संवत भक्तपुरका राजा राधव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी चलनमा रहेको थियो । नेपाल सरकारले यो संवतलाई आधिकारीक मान्यता दिएको छ । नेवारी समुदायमा यसको प्रयोग धेरै भईरहेको पाईन्छ ।

    पछिल्लो सयममा अन्य समुदायले पनि मनाउन लागेपछि यसको महत्व बढेको सचिव श्रेष्ठले जानकारी दिए । उनले नेपाल संवतको अवसरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सबैलाई उपस्थित भई भब्य रुपमा सम्पन्न गराउन अनुरोध गरेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »