Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राहत वितरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष

    २५ कार्तिक, काठमाडौँ । संसदीय समितिले भूकम्प प्रभावितलाई राहत वितरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमनमा समितिले यस्तो बताएको छ ।

    संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भौगोलिक विकटता, जनशक्तिको अभाव तथा उचित व्यवस्थापनको कमीकमजोरी देखिएको र यसबाट पीडित परिवारका लागि राहत वितरणको काम अपेक्षाकृत हुन नसकेको निचोड निकालेको हो ।

    Advertisement

    समितिले प्रभावित क्षेत्रको अवस्था र तत्काल चाल्नुपर्ने कदम सहित सुझाव प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी समेत गरेको समितिका सभापति रामहरि खतिवडाले बताए ।

    भूकम्पबाट प्रभावितहरूलाई विना भेदभाव र पूर्वाग्रह समेत नराखी राहत वितरण गर्न आग्रह गरिएको छ । सरकारले तिहार लगत्तै भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम थाल्ने तयारीमा छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »