Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पाँच हजार तीन सय २० थान पटाका सहित एक जना पक्राउ

    २४ कार्तिक, तनहुँ । शुक्लागण्डकी नगरपालिका-२ कोत्रेबाट कोब्रा लेखिएको पटाका ५ हजार ३ सय २० थान सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कास्की पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने महोत्तरी साम्सी गाउँपालिका-७ का २२ वर्षीय नजाव नदाफलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    जनकपुरदेखि पोखरातर्फ जाँदै गरेको ना.५ ख ६६२१ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा क्याविनमा राखिएको चिउरा र ३ वटा चाउचाउको प्याकेटले छोपी लुकाई राखेको उक्त पटाका फेला पारी उनलाई पक्राउ गरेको हो ।

    उनी उपर बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा तनहुँ जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »