Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भूकम्प अपडेट : जाजरकोटमा ९२ जनाको मृत्यु

    १८ कार्तिक, काठमाडौँ । गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने १ सय २८ जना घाइते छन । पछिल्लो जानकारी अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ ।

    भूकम्पबाट जाजरकोटमा हालसम्म ५५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता डीआईजी कुवेर कडायतले पुष्टि गरेका छन ।

    Advertisement

    यस्तै रुकुम पश्चिममा ८५ जना घाइते भएका छन ।

    गएराती ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा ठुलो मानवीय र भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयबाट विवरणहरू आउने क्रम जारी रहेको जनाएको छ ।

    Advertisement

    भूकम्पले घर भत्किँदा घाइते भएकाहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । अहिले पनि उद्धारको क्रम जारी रहेको प्रहरीले जनाएको छ । यस बाहेक अन्य जिल्लाहरुमा पनि घाइतेहरुको उपचारका लागि व्यवस्था मिलाइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »