Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज १७ मा लैङ्गिक समानताका लागि अन्र्तक्रिया

    १५ कार्तिक, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ मा बाल विवाह अन्त्यका लागि बालसंरक्षण प्रवर्धन कार्यक्रम अन्र्तगत लैङ्गिक समानताका लागि पुरुष सहभागिता सम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ स्थित रहेको ज्ञान सागर मा.वि. मा ३० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । जसमा किशोर एवं अभिभावकहरुको उपस्थिती रहेको थियो ।

    Advertisement

    अन्र्तक्रियामा कार्यक्रम संयोजक एवं प्रस्तोता नारायण घिमिरेले लिङ्ग र लैङ्गिक बीच भिन्नता, सामाजिक सोच र धारणा एवं मुल्य मान्यता, हिंसाको अवस्था बारे छलफल गरेका थिए ।

    उनले विभिन्न शिर्षकहरुमा छलफल गर्दै भने, ‘हामी त्यो समाजबाट छौं जहाँ अहिले पनि कुनै पनि निणर्य गर्दा महिलाको सहभागिता नै गराइदैँन । अझै प्रष्ट रुपमा भन्दा हामी उनीहरुको विचार र सुझावलाई प्राथमिकता नै दिदैँनौँ ।’

    Advertisement

    समुदायस्तरमा भएको उक्त अन्तरक्रियामा घरेलु विवाद एवं हिंसाका कारण महिलालाई खेप्नु परेको अवस्था, समाजमा रहेका हानिकारक मुल्य मान्यता लगायतका विषयमा चर्चा गरिएको थियो ।

    कार्यक्रम संयोजक घिमिरेले मेलमिलापका कारण अझै चुनौती थपिएको बताए । उनले भने, ‘महिलाहरु विभिन्न प्रकारका हिंसाबाट पिडा पाइरहेका हुन्छन तर राज्यले व्यवस्था गरेको सजाय भन्दा मेलमिलाप तथा सम्झाई बुझाई गरेर पठाईन्छ । यस कारण पनि व्यवहारिक रुपमा निर्मुल पार्न चुनौती छ ।’

    Advertisement

    उनले बालविवाह रोक्नका लागि शुरुमा परम्परागत रुपमा चल्दै आएको नकारात्मक मुल्य मान्यतालाई त्यागेर मानिसिकता परिवर्तन गर्न जरुरी रहेको बताए ।

    बालविवाह रोकथामका लागि सम्बन्धित संघ संस्था एवं सरोकारवालाहरुको भुमिका विषयमा समेत छलफल गरिएको थियो ।

    Advertisement

    नेपाललाई २०३० सम्म सबै प्रकारका हिंसाबाट मुक्त गराउन सरकारको दीगो लक्ष्य रहेको छ । सरकारले अन्र्तराष्ट्रियस्तरमा हस्ताक्षर समेत गरिसकेको छ । उक्त लक्ष्य पूरा गर्न आआफ्नो ठाँउबाट अभियानका रुपमा कदम चाल्ने सहभागीहरुले प्रतिबद्धता गरेको थिए ।

    ३६ प्रतिशत किशोरीहरुको बिवाह १८ वर्ष नपुग्दै र १० प्रतिशत किशोरहरुको बिवाह २० वर्ष नपुग्दै भईरहेको विभिन्न तथ्यांकहरुले देखाउँछन ।

    कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुकी एसएम उषा लिम्बु र मनोसमाजिककर्ता विनिता रेग्मीले सहजिकरण गरेकी थिइन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »