Close sidebar
  • ताजा
  • लोकप्रिय
  • चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ

    २७ असोज, बाँके । चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायहरू माटोको भाँडा बनाउन व्यस्त भएका छन् । यतिबेला यस समुदायका मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् ।

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का हजारी कुम्हारले आफु पुख्र्यौली पेशालाई निरन्तरता दिदैँ माटाका भाडाकुँडाहरु बनाउने गरेको बताए । सांकृतिक पर्व दशैं, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्याधिक भएकाले व्यस्त रहेको बताए ।

    Advertisement

    उनले भने, ‘बजारको माग अनुसार घैटा, दियो, पाला, भुर्की बनाउँछु । प्रति दियो एक रुपैँयामा बेच्ने गरेको छु ।’

    तिहारको बेलामा नेपालगञ्जको सदरलाईनमा लाग्ने बजारमा उनी दियो विक्री गर्ने गरेको जानकारी गराए । उनले भने, ‘चाडपर्वको सिजनको बेला मात्रै माटाको भाडाकुँडा बनाउँछु । अरु बेला त्यति विक्री हुदैँन ।’

    Advertisement

    उनी बजारको स्थितीका कारण पूणर् रुपमा यसै पेशामा नभएर कृषीमा समेत निर्भर रहेको बताए । ‘माटाका भाडाले मात्रै खानाबस्न पुग्दैन वर्ष भरी ।’

    वर्षभरीमा सबैभन्दा बढी अहिले नै माटोको सामाग्री बिक्री हुने भएकाले पनि उनी बजारको मागअनुसार सामग्री निर्माणमा जुटेका हुन् । यसै वडाका रामकिशोर कुम्हारलाई पनि अहिले उत्तिकै चटारो लागेको छ ।

    Advertisement

    अहिले कै कमाइले वर्ष भरि पुग्ने भएकाले पनि यो समुदाय दिन रात नभनी काममा लाग्ने गरेको कुम्हारले बताए ।

    माटाका भाडाकुँडा बनाउने विधिबारे जानकारी गराउदै रामकिशोरले भने, ‘पहिला मलिलो माटो खोजेर ल्याउनुपर्छ । यो माटो सबै ठाँउमा नपाउने भएकोले फुल्टेक्रा नजिकै ताल र डुडुवा नजिकैबाट ल्याउँछु । आठ हजार रुपैँया टिप्पर पर्छ । त्यस पश्चात माटोबाट कंकड निकाल्नको लागि जालीबाट चालिन्छ । त्यस पछि खाल्डोमा राखेर २ देखि ४ दिन सम्म भिजाइन्छ । पानी सुखी सकेपछि निकाल्ने । माटोलाई धेरै पटक सम्म खनिन्छ । त्यस पश्चात मात्रै बनाइन्छ ।’

    Advertisement

    उनले धानको भुस आफुहरुलाई ७ रुपैँया प्रति केजि पर्ने गरेको बताए । उनी नेपालगञ्जका विभिन्न होटेलहरुमा चियाँ र दहीको मट्का अर्डर अनुसार विक्रि वितरण गर्दै आएका छन । प्रति मट्का तीन रुपैँयामा विक्री गर्दै आएपनि अहिले भुसको रेट महँगो भएको बताए ।

    पूजा तथा विशेष पर्व तिहारमा मात्र काम लाग्ने भएकाले अन्य समयमा भने माटाका भाँडा कम बिक्री हुने गरेको उनले बताए । यद्यपी नेपालगञ्जमा कोभिड संक्रमण अगाडि हराउदै गएको मट्का चिया, मट्का दहीका कारण पुनः माटाका भाडाले बजार लिएको छ ।

    प्लाटिकका सामाग्रीका कारण मेहनत अनुसारको मूल्य नपाउँदा आफ्नो पेशा नै धरापमा परेको उनीहरूको भनाइ छ ।

    यसरी जीवनभर माटोसित खेलेर बुढ्यौली उमेरमा पुगेका कुम्हालको पेशा हिजोआज संकटमा पर्न थालेको छ । चाहिए जस्तो माटो प्रशस्त नपाउनु, प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोग, माटो र दाउरा महँगो हुन थालेपछि पुख्र्यौली पेशा संकटमा परेको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »