Close sidebar
  • ताजा
  • लोकप्रिय
  • वडावासीको स्तर उकास्नको सक्दो प्रयास र सम्बन्धित निकायमा पहल गरीरहेको छु : वडाध्यक्ष साहु

    २६ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष राज कुमार साहु तेलीले वडावासीको स्तर उकास्नको लागि आफुले सक्दो प्रयास र सम्बन्धित निकायमा पहल गरीरहेको बताएका छन ।

    क्षेत्रफलको हिसाबले ठूलो र वडाको बजेटबाट समग्र क्षेत्रको विकास सम्भव नभएपछि स्वास्थ्य, शिक्षा, कृषि, जनचेतना लगायत जनताले पाउनुपर्ने सेवा सुविधामा उनीहरुले बढी लाभ लिनसक्ने किसिमले आफु अगाडि बढीरहेको बताए ।

    Advertisement

    निवार्चित भएलगत्तै पहिलो काम गलत गतिविधिलाई निग्रानी गर्दै निर्मुल पार्न तर्फ लागेको वडाध्यक्ष साहुले जानकारी गराउदै भने, ‘निर्वाचित हुनु अगाडि देखि यहाँ रहेका गलत गतिविधिलाई रोक्न लागे । यो पहिलाको साविक गाविस हो हाल वडा नं. २१ भएको छ ।’

    Advertisement

    नाईल खबर संगको अन्तरवार्तामा प्रष्ट पार्दै भने, ‘यहाँ जग्गाको कारोबार गर्नेहरु माफियाहरुले जग्गा किन्थे । त्यसको लागि सिफारिस लिन जग्गाधनी आउनुपर्नेमा कारोबारीहरु आउथिए । खेत बीचको जग्गा किनेर बाटोमा पार्ने गरेको घटना अगाडि आएको थियो ।’

    तर पछि जग्गा धनीले खेतको बेचेको जनाउदै बाटोको जग्गा कसरी विक्री भयो भन्दै वडामा प्रश्न समेत गर्न आएको वडाध्यक्ष साहुले बताए । तर आफु निर्वाचित भएपश्चात सिफारिस लगायतका कामका लागि जग्गाधनी आफै वडामा आउनुपर्ने प्राणलीको विस्तार गरेको उनले बताए ।
    सेवाग्राहीलाई छिटो र सरल तरिकाले सेवासुविधा प्रवाह गर्न सिफारिसको लागि निवेदन, नागिरकताकाे लागि अनुसूची फारम लगायत फोटोकपी जस्ता कार्यहरु नि:शुल्क गरिएको छ ।

    Advertisement

    आर्थिक वर्षको बजेटले मात्रै सम्पूणर् क्षेत्रलाई विकास गर्न प्रयाप्त नरहेको वडाध्यक्षले बताए । गत आर्थिक वर्षमा वडाको एक करोड बजेट थियो भने चालुआर्थिक वर्षमा पनि एक करोड बजेट प्राप्त गरिएको छ । जसमा ३० प्रतिशत अर्थात ३० लाख कार्यालय संचालन र बचेको ७० लाख बजेटले सम्पूण क्षेत्रको विकासका लागि प्रयाप्त नरहेको उनले जानकारी गराए । यद्यपी आफुले अन्य निकायबाट बजेटको लागि सक्दो पहल गरी रहेको साहुले बताए ।

    गत आर्थिक वर्षमा विभिन्न निकायमा पहल गरेर आएको बजेट र वडाको लागतमा विभिन्न टोलहरुमा पिसिसि बाटो निर्माण गरिएको छ । उनले प्रदेशबाट पहल गरेर मदर्शाको लागि समेत २१ लाख बजेट ल्याएको र कार्य समेत सम्पन्न भईसकेको जानकारी गराए ।

    Advertisement

    बाटो निर्माण पछि आफुहरुलाई धेरै राहत भएको लाभग्राहीले बताउँछन । वडाको लागतमा बाटो निर्माण पछि प्रत्यक्ष लाभ उठाइरहेकी संगीता काँदुले बाटो नहुँदा आफुहरुलाई धेरै सास्ती खेप्नु परेको थियो । ‘पहिला बहुत फोहर थियो जसका कारण यो बाटो हिड्न गाह्रो हुन्थियो ।’

    ‘बर्खाको समयमा पानी जम्थियो । सबैलाई उठन बस्न सहज भएको छ । नाली मार्फत सजिलै पानी निकास भइहाल्छ’ लक्ष्मी सोनीले बताइन ।

    आम्दनी कम भएका वडालाई बजेट थोरै र बढी आम्दनी भएका वडालाई बढी बजेट प्रदान गर्ने सरकारको नीतिले आफुलाई चित्त नबुझेको वडाध्यक्ष साहुले बताए । ‘हाम्रो यस वडामा कर उठ्ने भनेको मालपोत हो । त्यस बाहेक अरु आउदैन । यहाँका जनताले कर बराबर दिएकै हुन । तर पनि यस वडाको विकासको लागि प्रयाप्त बजेट प्रदान नगर्ने ? अन्य वडामाहरुमा करको विभिन्न श्रोत छन, एनजिओ, कारखाना, पसल छैन । अनि हाम्रो यहाँ कहाँबाट कर उठ्छ ?’ वडाध्यक्ष साहुले भने ।

    कर बराबर तिरिहेपनि नगरबाट पाउने सेवासुविधा भने प्रयाप्त रुपमा नपाइरहेको उनले भने, ‘नगरबाट १५ दिनमा एक पटक बत्ती बनाउने मान्छे आउँछन । अनि एक दिनमा कत्तिवटा टोलमा समय दिने ?’ यद्यापी यस विषयमा पटक पटक खबरदारी र आवाज उठाइरहेपनि नगरले कार्यन्वयमा ल्याएको छैन ।

    गत आर्थिक वर्षमा कुनैपनि योजनाको बजेट वडाको कारणले फ्रिज नभएको वडाध्यक्षले प्रष्ट पारे । विकास निर्माणको काम गर्दै गर्दा उत्पन्न विवादका कारणले काम गर्न नसक्दा उक्त बजेट फ्रिज भएको उनले बताए । ‘जुन ठाँउमा विवाद थियो त्यो ठाँउमा बजेट फ्रिज भएको थियो । त्यत्ति बेला बजेट पनि ढिलो आएको थियो । तर यस पटक विवाद सल्टाएर मात्रै त्यो ठाँउमा काम सुरु गर्ने योजना छ ।’

    यस वडामा विभिन्न वर्ग र समुदायको बसोबास रहेको र सम्सानघाटको अवस्यकतालाई मध्यनजर गर्दै निर्माण कार्य गत आर्थिक वर्षमै अगाडि बढाइसकेपनि यस वर्षमा पूणर्ता दिने लक्ष्य रहेको छ । वडाध्यक्षले भने, ‘यति ठूलो वडा अनि यहाँ हिन्दू व्यवस्थित सम्सानघाट थिएन । मैले यहाँको आवश्यकतालाई मध्यनजर गर्दै पुरैना स्थित रहेको जग्गालाई बाउन्ड्री गरियो । माटो पटान गर्न, टिनका छाना, शौचालयको व्यवस्था र धारा लगाएर व्यवस्थित गर्ने यस आर्थिक वर्षमा लक्ष्य रहेको छ ।’

    यस आर्थिक वर्षमा स्थानिय तहको खाता संचालनमा समेत नगरले ढिलासुस्ती गरेको छ । जसका कारण सेवाग्राहीलाई सास्ती भएको छ । चालु आर्थिक वर्ष वडाले एक करोड बजेट प्राप्त गरे पनि नगर स्तरीय योजनामा पहल गरेर ५० लाख बोर्डको निणर्यबाट पास गराएको वडाध्यक्ष साहुले बताए ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२१ र २२ मा रहेको कान्ती ताल प्रवेशका लागि वडाको लागतमा पुरैना हुदैँ नालाको बाटो निर्माण गरिएको छ । कान्ती ताल रनिङ, व्याम, योगा गर्ने केन्द्र बनेको छ । बाटो निर्माण पछि यस वडाका जनताले स्वास्थ्यको ख्याल गर्दै ब्यायाममा बढी लाभ उठाइरहेका छन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »